Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

नेशनल मेडिकल कलेज र एनआई कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता बुधबार नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगंज–१५, पर्सामा सम्पन्न भएको हो।

सम्झौताअनुसार एनआई कलेजसँग आबद्ध बोर्ड सदस्य, कर्मचारी/खेलाडी तथा उनीहरूका आश्रितले नेशनल मेडिकल कलेजमार्फत विभिन्न स्वास्थ्य सेवा सुविधाहरू सहुलियत दरमा प्राप्त गर्नेछन्। यस अन्तर्गत आकस्मिक तथा आपतकालीन सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक सञ्चालन, वेलनेस प्याकेज तथा अस्पतालका अन्य सेवामा विशेष छूट उपलब्ध हुनेछ।

नेशनल मेडिकल कलेजले ओपीडी, जनरल बेड, आईसीयू/एनआईसीयू/पीआईसीयू, शल्यक्रिया, ल्याब परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष सुविधा प्रदान गर्ने उल्लेख गरिएको छ।

सम्झौतामा नेशनल मेडिकल कलेजका तर्फबाट प्रबन्ध निर्देशक शहनवाज अन्सारी र एनआई कलेजका तर्फबाट प्रिन्सिपल इञ्जिनियर मनीष सिंहले हस्ताक्षर गरेका छन्। सम्झौता एक वर्षका लागि लागू हुने र आवश्यकताअनुसार आपसी सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ।

यस सहकार्यले दुवै संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै कलेज परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित हुने विश्वास लिइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...