Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जिउ मास्ने बेच्ने मुद्दामा २० वर्षदेखि फरार अभियुक्त पक्राउ

spot_img
spot_img

वीरगंज । जिउ मास्ने बेच्ने सम्बन्धि कसूर मुद्दामा २० वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पर्साबाट पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०६२ साल चैत १७ गते साँझ करिब ८ बजे दर्ता भएको मुद्दामा संलग्न रहेका वीरगंज महानगरपालिका–१९ बस्ने ४५ वर्षीय सुरेश प्रसाद कलवारलाई विशेष सूचनाको आधारमा आइतबार साँझ ४:४५ बजे प्रहरी टोलीले वीरगंज महानगरपालिका–९ स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध विन्दवासिनी गाउँपालिका–६ बस्ने बृजेश प्रसाद कलवारको जाहेरीका आधारमा नेपाल सरकार विरुद्धको नाममा मुद्दा दर्ता भएको थियो । फरार अभियुक्त घटनापछि लामो समयदेखि लुकेर बस्दै आएका थिए ।

पक्राउ परेका कलवारलाई आवश्यक अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...