Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

कावेरी एकेडेमीमा “लिटल स्टार जाम्बोरी २०८२” सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल कावेरी एकेडेमीको आयोजनामा “लिटल स्टार जाम्बोरी २०८२” शनिवार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ । कार्यक्रम प्रि–प्राइमरी तहका विद्यार्थीहरूको बहुमुखी प्रतिभा प्रदर्शनका लागि समर्पित रहेको थियो ।

बालबालिकाहरूले नेपाली, हिन्दी, अङ्ग्रेजी र भोजपुरी भाषाका गीतमा नृत्य, कविता वाचन, हास्य कविता, छोटा नाटक, योग प्रदर्शन, फेन्सी–ड्रेस, ग्रुप कोरस, र्‍याम्प–वाक तथा “मेरो नेपाल” र “स्वच्छता” जस्ता शिक्षाप्रद विषयमा आधारित मनमोहित प्रस्तुति दिएका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि शुभ्रता दासले साना नानीहरूको उत्कृष्ट प्रस्तुति देखेर आफू छक्क परेको बताइन । “यी नानीहरूको आत्मविश्वास, अनुशासन र प्रस्तुतिको स्तर कुनै महँगो विद्यालयसँग तुलना गर्न सकिन्छ,” उनले भनिन् । साथै, प्रि–प्राइमरी टिमको लगन र मायाले यो सम्भव भएको उनले उल्लेख गरिन् ।

विद्यालयकी निर्देशक आयुषी तुलस्यानले विद्यार्थीहरूको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै भनिन्, “हाम्रा यी लिटल स्टारहरू हाम्रै परिवारका सदस्य हुन् । उनीहरूको खुसीमा नै हाम्रो सफलता छ । अभिभावकहरूको विश्वास र शिक्षक–शिक्षिकाहरूको समर्पणकै कारण आजको कार्यक्रम सफल बनेको हो ।”

विद्यालयका प्रधानाध्यापक दिलीप कुमार गुप्ताका अनुसार कार्यक्रममा उत्कृष्ट प्रस्तुति प्रदान गर्ने बालबालिकाहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो भने सबै सहभागीहरूलाई उपहार प्रदान गरिएको थियो । अभिभावकहरूको ठूलो उपस्थिति कार्यक्रमको आकर्षण बनेको थियो ।

कार्यक्रममा रेणुका गिरी, सिद्धार्थ नेशनल स्कुल एन्ड कलेजकी निर्देशक सुषमा तिवारी, पत्रकार कविता खड्का लगायतको उपस्थिति रहेको थियो ।

नेपाल कावेरी एकेडेमी परिवारले कार्यक्रम सफल बनाउन सहयोग र साथ प्रदान गर्ने सम्पूर्ण अभिभावक, अतिथि, शिक्षक–शिक्षिका तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...