Date
मङ्ल, भदौ २, २०८३
Tue, August 18, 2026

सरुवा भए पनि कुर्सी नछाड्ने प्रमुख दास: आर्थिक स्वार्थको खुल्यो पोल

spot_img
spot_img

वीरगंज । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख अबिन्द्र दासको सरुवा भइसकेपछि कार्यालयमै गुण्डागर्दी शैली देखिएको छ । श्रम तथा यातायात मन्त्रालयले दासलाई तालिम केन्द्र जनकपुरमा सरुवा गरी सरोज यादवलाई कलैया कार्यालयको प्रमुखमा पठाए पनि दासले आफ्नो स्थानान्तरण अस्वीकार गर्दै विवादास्पद गतिविधि बढाउँदै गएको खुलासा भएको छ ।

बुधबार साँझ कार्यालयमा हाजिर हुन पुगेका नयाँ प्रमुख यादवलाई हाजिर गर्न नदिने, हाजिर रजिष्टर लुकाउनेजस्ता काम दासले गरेपछि कुटाकुट भएकाे कार्यालय स्रोतले जनाएको छ । यही विषयमा खरिदार सत्यनारायण साहले प्रश्न गर्दा दासको निर्देशनमा उनका चालक आशिष सिंहलगायतले साहमाथि कुटपिट गरेको आरोप लागेको छ ।

आक्रमणबाट साहको अनुहारमा गम्भीर चोट लागेर सुन्निएको छ । उपचारका लागि कलैया प्रादेशिक अस्पताल साह पुगेका थिए । साहले सिटी स्क्यान गराउँदा टाउकोमा पनि गम्भीर चोट रहेको चिकित्सकले प्रारम्भिक रिपोर्टमा बताएका छन् । घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि शुक्रबार सम्म छलफल गर्नेगरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यातायात कार्यालय कलैयाका सूचना अधिकारी जीवन पौडेलले सरुवा भइसकेपछि हाजिरका विषयमा विवाद हुँदा हात हालाहालसम्म पुगेको पुष्टि गरेका छन् ।

किन जान मानेनन् सरुवा भएका प्रमुख दास ?

दास कलैया कार्यालयमा आएका समयदेखि नै विवादमा तानिदै आएका छन् । करार कर्मचारी नियुक्ति, फेललाई पास गराउने अवैध प्रक्रिया निरन्तर जारी राख्दै मोटा रकम असुली गर्ने गरेका कारण उनी सरुवा भए पनि कार्यालयबाट जान नमानेको कर्मचारीहरूले बताएका छन् ।

उनको निजी चालक आशिष सिंह र भाई भिखारी दास मार्फत अवैध असुलीको चक्र सञ्चालन हुँदै आएको बताइन्छ । राति कार्यालयको चुकुलभित्र हिसाबकिताब मिलाएर फेललाई पास गराउने रकमको कारोबार हुने स्रोतको दाबी छ । यति ठूलो आर्थिक स्वार्थका कारणै दास यहाँबाट जान नचाहेको कर्मचारीहरूले आरोप लगाएका छन् ।

स्थानीयहरूले भने प्रश्न उठाएका छन् — “सरुवा भएपनि कार्यालय नछाड्ने प्रमुख दासविरुद्ध सम्बन्धित निकायले कहिले कडा कारवाही गर्छ?”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा पत्रकार गौतमसहित पाँच जना सम्मानित

वीरगंज । वीरगंजबाट प्रकाशित प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवको अवसरमा पत्रकार महेशचन्द्र गौतम सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । गौतमलाई ५१ हजार रुपैयाँ...