Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

नयाँ प्रमुख हाजिर गराउने विषयमा कलैया यातायात कार्यालयमा कुटाकुट

spot_img
spot_img

वीरगंज । बाराको कलैयास्थित यातायात कार्यालयमा बुधबार साँझ कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच कुटाकुट भएको छ। साँझ करिब साढे पाँच बजेतिर कार्यालयमै दुवै जनाबीच कुटाकुट हुँदा दुबैजना घाइते भएका छन्।

कुटाकुटबाट खरिदार साहको अनुहारमा चोट लागेर सुन्निएको तथा कार्यालय प्रमुख दासको अनुहारमा पनि घाउ लागेको प्रहरीले जनाएको छ। घटनापछि घटना संलग्न पांच जनालाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले नियन्त्रणमा लिएको थियो।

कार्यालय प्रमुख दासको सरुवा भइसकेको र उनीसँग हाजिरका विषयमा विवाद चर्किँदै हात हालाहालसम्म पुगेको पुष्टि यातायात कार्यालय कलैयाका सूचना अधिकारी जीवन पौडेलले गरेका छन्।

खरिदार साहले सरुवा भएर आएका नयाँ कार्यालय प्रमुख सरोज यादवलाई हाजिर गराएर दासलाई रवाना हुने प्रक्रिया अगाडि बढाउन सुझाएपछि विवाद सुरु भएको थियो। सो क्रममा दासका चालकले साहमाथि हात हालेपछि कुटाकुट भएको बताइएको छ।

घटनामा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिएर छलफल गरेपछि कार्यालयकै स्तरमा विवाद समाधान गर्ने सहमति भएको र शुक्रबार बस्ने बैठकमा निष्कर्ष निकाल्ने सहमतिले पक्राउ परेकाहरुलाई छाेडेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...