Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

प्रेस काउन्सिलको टोलीद्वारा पत्रपत्रिका अनुगमन

spot_img
spot_img

वीरगंज । प्रेस काउन्सिल नेपालका टोलीले बुधबार बारामा अनुगमन गरेको छ । टोलीमा मुख्य अधिकृत झविन्द्र भुसाल तथा गुनासो सुन्ने अधिकारी एवम् उप–प्रशासकीय अधिकृत राधेश्याम अधिकारी रहेका थिए।

टोलीले जिल्ला हुलाक कार्यालय, स्टेसनरी तथा विभिन्न पत्रपत्रिकाका कार्यालयमा निरीक्षण गर्दै प्रकाशन, विज्ञापन बोर्ड सूचना, अभिलेख र साप्ताहिक पत्रपत्रिकाको अवस्था जाँच गरेको छ । बाराबाट प्रकाशित हुने स्थानीय पत्रपत्रिकाको प्रधान कार्यालयमा पनि टोलीले अनुगमन गरेको छ।

मुख्य अधिकृत भुसालले अनुगमनको उद्देश्य वर्तमान बजारमा साप्ताहिक पत्रपत्रिकाहरू कम देखिने, नगर्ने वा नभेटिने विषयमा प्राप्त गुनासोको समाधान गर्नु रहेको बताए । अनुगमनका क्रममा स्थानीय र सरोकारवालाहरूले दैनिक पत्रिकाहरू केही देखिए पनि साप्ताहिक पत्रिकाहरू पर्याप्त रूपमा उपलब्ध नभएको बताएका छन्।

टोलीले अधिकांश पत्रिकाले प्रिन्टलाइनमा आफ्नो कार्यालयको ठेगाना उल्लेख नगरेको पाइएपछि तत्काल अर्को अंकदेखि ठेगाना स्पष्ट उल्लेख गरी प्रकाशन गर्न सुझाव दिएको छ।

विशेष गरि, बाराका पत्रिकाहरूले कतिपय विज्ञापन प्रकाशनमा गैर-पेशागत आचारण गरेको र त्यस सम्बन्धी उजूरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरै पर्ने गरेको पाइएपछि त्यस विषयमा गम्भीर बन्न प्रेस काउन्सिलले आग्रह गरेको छ।

अनुगमनका क्रममा टोलीले नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश सुवेदी र जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दीपक कुमार पटेलसँग समेत छलफल गरेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...