Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जगरनाथपुर गाउँपालिकामा ५०% अनुदानमा उन्नत गहुँ बीउ वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा कृषि उत्पादन वृद्धि तथा किसानलाई आधुनिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ बीउ वितरण गरिएको छ।

उक्त कार्यक्रमले किसानको लागत घटाई उत्पादनमूलक तथा परिणाममुखी खेतीलाई प्रवर्धन गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । समयमै गुणस्तरीय बिउ उपलब्ध गराउनु नै समृद्ध कृषि र समृद्ध गाउँ निर्माणको आधार हुने भएकाले कार्यक्रम प्रभावकारी रहेको सरोकारवालाहरूले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले, “किसान दाजुभाइबहिनीहरूलाई सशक्त बनाउनु हाम्रो प्राथमिकता हो । हामी सहजीकरण, प्रविधिक सहयोग र कृषि अनुदानमार्फत किसानको आय वृद्धि तथा आत्मनिर्भरता अभिवृद्धिको दिशामा अघि बढिरहेका छौँ,” भन्दै सबैलाई सहयोग र सहभागिताका लागि धन्यवाद व्यक्त गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...