Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पर्सामा १०४ केजीभन्दा बढी गाँजासहित कार र दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणको गाँजासहित एक कार र दुई जनालाई पक्राउ गरेको छ । साेमबार दिउँसो करीब ३ बजे पटेर्वासुगौली गाउँपालिका–२, रंगपुर क्षेत्रमा लागुऔषध ओसारपसार भइरहेको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा एक कारबाट गाँजा बरामद गरेको हो ।

मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बिएबि ९३९८ नम्बरको मारुती सुजुकी कारलाई रोकेर खानतलासी गर्दा प्लास्टिकले लुकाइ–छिपाइ राखिएको १० पोकामा १०४ केजी ३२५ ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले उक्त कारसँगै दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी गाउँपालिका–८ बस्ने ३२ वर्षीय भिम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका–१ बस्ने ३८ वर्षीय कुमार स्याङ्तान रहेका छन् ।

उनीहरूलाई लागुऔषध सम्बन्धी कसूरमा नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...