Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

हुण्डीकाे रकमसहित भारतीय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १० लाख रुपैयाँ बराबरको हुण्डी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी चेकिङ टोलीले शुक्रबार बिहान ९ बजे वीरगंज महानगरपालिका–१६, रजत जयन्तीचोक नजिक चेकजाँच गर्ने क्रममा अवैध रकम बरामद गरेको हो।

मधेश प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार, मोतीहारी जिल्ला रक्सौल–१ का ५३ वर्षीय सुरेन्द्र साहलाई चेकजाँचका लागि रोकेपछि मोटरसाइकलको बायाँतर्फको एयर फिल्टरभित्र लुकाइ–छिपाइ राखिएको ठूलो परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

साहको साथबाट १००० दरका ७०० थान बराबर ७ लाख रुपैयाँ र ५०० दरका ६०० थान बराबर ३ लाख रुपैयाँ, गरी कुल १० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ। रकमसहित प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

अवैध हुण्डी कारोबार तथा सीमा क्षेत्र हुँदै हुने गैरकानुनी रकम ओसार–पसार नियन्त्रणमा कडाइ गरिएको पर्सा प्रहरीले बताउँदै पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...