Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंज १५ मा राधेकृष्ण मन्दिरको शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्म चौकमा राधेकृष्ण मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ। टोलमा विवाह, ब्रतबन्ध तथा अन्य धार्मिक कार्यक्रमका लागि उपयुक्त स्थानको अभाव भएपछि स्थानीयको पहलमा मन्दिर निर्माण प्रक्रिया सुरु गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रमेश यादव मन्दिरको शिलान्यास गरेका थिए। कार्यक्रम संयोजक उमेश यादवको संयोजनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सञ्जय यादव, दिपक साह, जनार्दन यादव, झरिमाई महिला विकास–१५ की संस्थापक राम आर्य, सचिव शोभा रौनियार, प्राध्यापक उषाकिरण चौधरी, बबिता यादव, सङ्गीता उपाध्याय, हरिकिशोर चौधरी लगायत स्थानीय बुद्धिजीवी, महिला–पुरुष, पत्रकार तथा प्रहरी प्रशासनको उल्लेखनीय उपस्थिति थियो।

स्थानीयवासीले मन्दिर निर्माणले धार्मिक क्रियाकलाप सहज हुने, टोलमा सामाजिक सद्भाव बढ्ने र सांस्कृतिक पहिचान अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...