Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पर्सामा राष्ट्रिय परिचयपत्र सेवामा भीड व्यवस्थापनका लागि नयाँ व्यवस्था, शनिवार पनि सेवा खुला

spot_img
spot_img

वीरगंज । नेपाल सरकारले सबै प्रकारका सेवाका लागि राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट अनिवार्य गरेसँगै पर्सा जिल्लामा परिचयपत्र बनाउन सेवाग्राहीको अत्यधिक भीड देखिएको छ । भीड व्यवस्थापन र सेवा प्रवाहलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले नयाँ व्यवस्था लागू गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हाल वीरगंजस्थित कार्यालयका ६ वटा डेस्क, इलाका प्रशासन कार्यालय सुपौलीको १ र पोखरिया नगरपालिकाका २ वटा डेस्कमार्फत राष्ट्रिय परिचयपत्र विवरण भर्ने कार्य भइरहेको छ । कार्यालयले दैनिक ३५० देखि ४०० जनासम्मका लागि टोकन जारी गर्दै सेवा दिइरहेको छ भने हालसम्म मिति २०८२ कार्तिक २८ गतेसम्मका लागि टोकन वितरण भइसकेको जनाएको छ।

कार्यालयले जारी गरेको सूचनामा यसअघि पालिकागत दिन तोक्ने व्यवस्था (जस्तै वीरगंज महानगरपालिकाको लागि बिहीबार र शुक्रबार) खारेज गरिएको र पूर्ववत् समयमा टोकन लिएका सेवाग्राहीलाई सो दिनमै सेवा दिने व्यवस्था गरिएको उल्लेख छ।

बढ्दो भीडलाई ध्यानमा राख्दै मिति २०८२ असोज २५ गते शनिबार (सार्वजनिक बिदाको दिन) पनि राष्ट्रिय परिचयपत्र विवरण प्रविष्ट सेवा सुचारु गरिने भएको छ। त्यस्तै मिति २०८२ असोज २६ गतेदेखि दैनिक बिहान ७:३० बजे देखि साँझ ५:०० बजेसम्म सेवा सञ्चालन गरिनेछ।

सेवा क्षमता विस्तारका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग थप डेस्क र जनशक्ति उपलब्ध गराउन अनुरोध गरिएको र विभागले छिट्टै २ देखि ३ वटा डेस्क थप गरिदिने आश्वासन दिएको कार्यालयले जनाएको छ। यसले गर्दा दैनिक ५०० जनासम्मको विवरण प्रविष्ट गर्न सकिने अपेक्षा गरिएको छ।

त्यसैगरी, तत्काल सेवा आवश्यक परेका व्यक्तिहरू — जस्तै राहदानी बनाउने, बैंक खाता खोल्ने, वा वृद्ध तथा अपाङ्ग व्यक्तिहरूले आधारसहित निवेदन दिएर प्राथमिकतामा सेवा पाउन सक्ने व्यवस्था पनि गरिएको छ।

कार्यालयले स्रोत–साधनको सीमाका कारण सबै सेवाग्राहीलाई तत्काल सेवा दिन नसकिएकोमा क्षमायाचना गर्दै सेवाग्राहीलाई आफ्नो टोकन अनुसार पालो पर्खी सेवा लिन र आवश्यक परेमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...