Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

श्री नेपाल स्काउट विद्यालयमा रजिया स्मृति प्रतिष्ठानद्वारा खानेपानी प्रणाली सहयोग

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–३, ठूलो इटियाहीमा अवस्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालयमा रजिया स्मृति प्रतिष्ठानले शुक्रवार खानेपानी प्रणाली जडानमा सहयोग गरेको छ।

घरेलु हिंसाबाट प्रताडित भई ज्यान गुमाएकी रजिया खातुनको स्मृतिमा परिवारले स्थापना गरेको रजिया स्मृति प्रतिष्ठानले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूका लागि सुरक्षित खानेपानीको व्यवस्था गरिदिएको हो।

प्रतिष्ठानका अध्यक्ष तथा स्व. रजियाका दाजु तबरेज अहमदले आफ्नै निजी खर्चमा पानी तान्ने विद्युतीय मोटर, १ हजार लिटर क्षमताको ट्यांकी, पिउन पानीका लागि ५ वटा धाराहरू र विद्यालय शौचालयमा प्रयोगका लागि ७ वटा धारासहित पाइप लाइन विस्तार गरी विद्यालयलाई हस्तान्तरण गरेका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियालाई उक्त प्रणाली औपचारिक रूपमा अध्यक्ष अहमदले हस्तान्तरण गरेका थिए। विद्यालयका प्रमोद चौरसियाका अनुसार खानेपानीका सामग्रीहरू उपलब्ध भएपछि विद्यालयले तत्काल बालुवा, गिटी, सिमेन्ट, टंकी राख्ने स्ट्यान्ड र श्रमिकको व्यवस्था गर्दै कामको शुभारम्भ गरेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौरसियाले यो सहयोगबाट विद्यालयमा अध्ययनरत सयौं विद्यार्थीहरू र शिक्षक-शिक्षिकाहरू प्रत्यक्ष लाभान्वित हुने जनाए।

रजिया स्मृति प्रतिष्ठानले पारिवारिक आम्दानीबाट संचित रकम सामाजिक सेवामा खर्च गर्दै आएको उल्लेख गर्दै अध्यक्ष अहमदले आफ्नी दिवंगत बहिनीको सम्झनामा यस्तो परोपकारी कार्य निरन्तर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सलाउदिन अहमद, असलम अंसारी, रमेश साह तेली, मुकलेश राउत गदी लगायत शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...