Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

नेपाल पासवान संघ पर्साको जिल्ला भेला सम्पन्न

सहलेस फुलवारीमा अम्बेडकर पार्क निर्माण प्रयासप्रति कडा आपत्ति

spot_img
spot_img

वीरगंज । नेपाल पासवान संघ, पर्साको जिल्ला स्तरीय भेला कालिकामाई गाउँपालिकाको हरिहरपुरमा सम्पन्न भएको छ।
संघका पर्सा जिल्ला अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान थिए ।

भेलालाई सम्बोधन गर्दै सांसद पासवानले प्रदेश सरकारले सहलेस फुलवारीमा अम्बेडकर पार्क निर्माण गर्न खोज्नुको उद्देश्य पासवान जातिको अस्तित्व समाप्त पार्ने प्रयास भएको आरोप लगाए । उनले राज्यको विभेदकारी नीति र सोचकै कारण दलित समुदायभित्र आन्तरिक द्वन्द्व सिर्जना गरेर शासन गर्न खोजिएको टिप्पणी गरे।

कार्यक्रममा बहुजन एकता पार्टीका वरिष्ठ नेता राजा राम पासवानले दलित समाजको समग्र एकताको आधार नै पासवान जातिको एकता भएको उल्लेख गर्दै एकताको आह्वान गरे।

भेलामा समाजवादी प्रेस संगठन नेपालका सचिव एवं मधेस प्रदेश इन्चार्ज बृजलाल पासवान, सिरहा, रौतहट, बारा लगायत जिल्लाबाट आएका अगुवा नेताहरू चन्देश्वर पासवान, मटुक पासवान, राजदेव पासवान तथा मधेस लोकसेवा कोचिङ सेन्टरका संचालक निखिल पासवानले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव रबि भूषण पासवानले गरेका थिए भने स्वागत मन्तव्य जयकुमार पासवानले प्रस्तुत गरेका थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...