Date
शुक्र, चैत्र १३, २०८२
Fri, March 27, 2026

लोकतन्त्रमा पनि बोल्न पाइँदैन र ?

देशमा संघीय गणतन्त्रात्मक व्यवस्था छ, जसलाई संसारकै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था पनि भनिन्छ । हरेक कुरामा नागरिकलाई स्वतन्त्रता छ । जसले अभिव्यक्ति स्वतन्त्रता प्रदान गरेको छ । यसले गर्दा आम सर्वसाधारण नागरिकले पनि नेतृत्व तहमा भएका जिम्मेवार व्यक्तिलाई सल्लाह सुझाव मात्रै हैन, आलोचना पनि गर्ने छुट छ ।

- Advertisement -

तर पछिल्लो समय यही अभिव्यक्ति स्वतन्त्रताको गलत ढंगले दुरुपयोग भइरहेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र खेल चलीरहेको अवस्थामा कतिपयले उनको अभिव्यक्तिलाई नै लिएर बहिष्कारको अभियान मात्रै चलाएका छैनन् । अभिनेत्री पन्तको चरित्र हत्या गर्ने गरी खनिएका छन् । उनीहरुले गाली गलौज मात्रै हैन, अश्लिलताको पराकाष्टा पनि पार गरेका छन् ।

अभिनेत्री पन्तले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति यति धेरै आक्रोश पोख्नुपर्ने कुनै पनि कारण देखिदैन । न त उनले गाली खानुपर्ने खालको अभिव्यक्ति नै दिएकी छिन् । तर पनि एकथरीले उनीप्रति निरन्तर प्रहार गरीहेका छन् । अहिले अभिनेत्री पन्तको पक्षमा कलाकारदेखि थुप्रैले समर्थन पनि जनाएका छन् ।

उनीहरुले सुुरक्षाको पक्षमा धारणा राख्दै लोकतन्त्रमा पनि बोल्दा गाली खानुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । सुरक्षाकै नियती भोग्नुपरेको थियो गायक, नायक तथा निर्देशक प्रकाश सपुतले । उनले पहिलो पटक लेखन र निर्देशनमा डेब्यु गर्नुका साथै अभिनय पनि गरेको चलचित्र बसन्त रिलिज हुने क्रममा उनी एउटा कार्यक्रममा गए । कार्यक्रममा सहभागी मात्रै भएनन्, उनले मत्नव्य पनि राखे । त्यही मन्तव्य उनलाई भारी भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा बोल्न पाएपछि उनले ओलीको जीवनमा आएको परिवर्तनको प्रसंशा गरे । सपुतले ओली सामान्य परिवारबाट हुर्किएर मृगौला फेल भएर पनि देशकै दोस्रो ठूलो पार्टीको अध्यक्ष मात्रै हैन, देशकै प्रधानमन्त्री समेत पटक पटक हुनु पनि ठूलो उपलब्धी हो भनेर उनले भाषण गरे । यसबाट अरुले पनि उनको संघर्षको अनुकरण गर्नुपर्ने धारणा राखे ।

भलै देशको विकास र जनताको हीतका लागि उपलब्धीमूलक काम र योजना ल्याउन नसकेपनि उनको व्यक्तिगत जीवनमा आएको परिवर्तन र ओलीको साहसको सपुतले खुलेरै सह्राना गरे । जसका उनी हकदार पनि हु्न् । तर त्यही अभिव्यक्तिले उनको चलचित्र मात्रै धक्का पुगेन । उनको व्यक्तिगत चरित्रमाथि नै औँला उठाइयो । ओलीको भक्त र पुच्छरसमेत भन्न भ्याए नागरिकले । यस्ता घटनाले गर्दा कसैले आफ्नो धारणा नै राख्न नपाउने हो भन्ने प्रश्न पनि उब्जिएको छ ।

सुरक्षा र प्रकाश सपुतका पछिल्ला उदाहरणीय घटना हुन् । यस्ता अन्य थुपै्र पात्र र घटना छन् । जसले बोलेकै कारण, आफ्नो बुझाई र धारणा राखेकै कारण गाली खानुपरेका छ । लोकतन्त्रमा पनि बोलेकै कारण गाली खानुपर्छ भने लोकतन्त्रको पनि के अर्थ भन्ने बहस पनि सृजना भएको छ । त्यसैले कसैले आफुलाई लागेको धारणा राख्दैमा उसको विचारमा सहमती वा असहमती राख्न पाइयो, त्यो पनि तर्कसंगत तरिकाले । तर गाली गलौज, मान हानी र चरित्र हत्या गर्न भने कसैलाई पनि कदापी छुट छैन । यस्तो गर्नेलाई कानुनबमोजिम कारवाहीको दायरामा ल्याउन जरुरी छ ।

ताजा अपडेट

थप समाचार

अमरेश सिंहद्वारा उद्योगमन्त्री पद अस्वीकार, मन्त्रालय प्रधानमन्त्री बालेनसँगै

काठमाडौँ । सर्लाही–४ बाट निर्वाचित नेता अमरेश कुमार सिंहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पद अस्वीकार गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई उक्त...

सहोदरा माई मन्दिरमा मेला सुरु, नेपाली दहित परिवारद्वारा पहिलो पूजा र बलि

सेढवा । छिमेकी भारत को बिहारस्थित ऐतिहासिक आदिशक्ति सहोदरा माई मन्दिरमा नेपाली दहित परिवारले बलि चढाएसँगै विधिवत रूपमा मेला सुरु भएको छ। पश्चिमी चम्पारण जिल्लाको...

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, आजै सपथ लिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार...