Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पर्सालाई सुख्खा ग्रस्त जिल्ला घोषणा गर्न जनमत पार्टीकाे माग

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साले जिल्लालाई सुख्खा ग्रस्त क्षेत्र घाेषणा गर्न माग गरेकाे छ । जनमत पार्टी पर्साले साेमबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई ज्ञापन पत्र बुझाउँदै यस्ताे माग गरेकाे हाे ।

यस वर्ष समय अनुकुल पर्याप्त वर्षा नभएको कारण पर्साको अधिकान्स धानखेती रोपाइ हुन नसकेको र सिचाइ परियोजनाहरुले पनि सिचाइको लागी पानी समयमा चाहिएको अनुपातमा उपलब्ध गराउन नसकेको अवस्थामा किसानहरु मर्कामा परेकाेले पर्सा जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घाेषणा गर्नु पर्ने जनमतकाे माग रहेकाे छ ।

सिचाइको समस्याले ग्रसित किसानलाई मल, खादको अभावले थप समस्यामा पारेको वताउँदै जनमतले सरकारी मातहतका निकायहरु, पालिकाहरुले लक्षित किसानलाई आवश्यकता अनुसार सरकारले तोकेको मुल्यमा मल, खाद उपलब्ध गराउन नसकेको बाध्यात्मक अवस्थामा किसानहरु बिचौलिया र अन्य ब्यपारीहरु संग महँगो मुल्यमा मल, खाद खरिद गर्न बाध्य भएकाे जनाएकाे छ ।

सहज सिचाइ र मल, खाद उपलब्धताको लागी सरोकार र जिम्मेवारवाला निकाय संग पहल गर्न र मल, खाद माफियाहारुको पहिचान गरि कारवाही गर्न माग गरेको जनमतले बुझाएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

साथै यस वर्ष प्राकृति आपदाको अवस्थामा पर्सा जिल्लामा खेति किसानिको दयनीय अवस्था हुने हुँदा यो जिल्लालाई सुखाग्रस्त जिल्ला घोषणा गरि किसानहरुलाई छतिपुर्ती एवं सुबिधाको लागी पहल, सिफारिस गर्न अनुरोध समेत गरिएको छ।

जिल्ला इन्चार्ज माधव सिह र जिल्ला संयोजक ओमप्रकाश सरार्फको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पर्सा पुगेकाे टोलीमा राजनीतिक समिति सदस्य करिमा बेगम, केन्द्रिय सदस्यहरु चन्दन सिंह, नजमा खातुन, सह जिल्ला इन्चार्ज मुकेश द्विवेदी, जिल्ला सचिव राजनरायण मिश्र, युवा दास्ताका पर्सा संयोजक कन्हैया झा, उमा शंकर गुप्ता, सन्जय सिंह, सन्दीप साह, शशी पाण्डे लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...