Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

पानीको समस्या समाधान नगरिए आन्दोलन गर्ने जपा पर्साकाे चेतावनी

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साले वीरगंजमा अहिले भएको खानेपानीको हाहाकार र अघोषित लोडसेडिङको समस्या तत्काल समाधानको माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको छ ।

जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सरार्फको नेतृत्वको टोलीले आइतबार वीरगंजस्थित नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो ।

वीरगंजमा देखिएको खानेपानीको विकराल समस्या समाधानको लागी खानेपानी संस्थानका प्रमुखलाई भेटेर आग्रह गरिएको संयोजक सर्राफले बताए ।

यस्तै आइतबार नै विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा पनि पुगेर कार्यालय प्रमुखलाई भेटेर अनियमित लोडसेडिङको समस्या समाधानका लागि आग्रह गरिएको उनले बताए । यदि यी दुवै समस्या समाधानका लागि तत्काल पहिल नगरिए जनमत पार्टी आन्दोलनमा उत्रिने चेतावनीपनि दिइएको संयोजक सर्राफले जानकारी दिए ।

टोलीमा जनमत पार्टी पर्साका सह संयोजक रामजी रौनियार, सचिव राजनरायण मिश्र, नेता श्याम गुप्ता, पुर्व जिल्ला इन्चार्ज सन्तोष साह, युवा दस्ताका जिल्ला संयोजक कन्हैयालाल झा, युवा जनमत संघका जिल्ला संयोजक राजु राज गिरी, प्रेस जनमत संघ पर्साका संयोजक मुन्ना ठाकुर, सचीव राज सरार्फ लगायतको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...