Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

जनमत पर्साद्वारा हेल्पलाईन नम्बरहरु जारी

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साले स्वास्थ उपचार सेवामा सहयोग र सहजीकरणको लागी बिहिबारदेखि हेल्पलाईन नम्बरहरु जारी गरेकाे छ ।

चिकित्सक जनमत संघ पर्साका संयोजक र राष्ट्रिय परिषद सदस्य डा अजय यादव र स्वास्थकर्मी जनमत संघका पर्सा संयोजक नन्दन सिंहले हेलपलाईनकाे नेतृत्व गर्ने जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सरार्फले बताए ।

आम जनतालाई स्वास्थ, उपचार सेवामा कठिनाइ भए, अस्पतालमा शैया मिलाउन सहयोगदेखि रगत उपलब्ध गराउने एवं उचित परामर्श सेवा उपलब्ध गराउने यो अभियानको लक्ष्य रहेको डा अजय यादवले बताए ।

स्वास्थ क्षेत्रमा देखिएका बेथितिका कारण आम जनता महँगो शुल्कमा पनि भरपर्दो सेवा लिन नसकेको वर्तमान अवस्थामा लोक कल्याणकारी अभियानको रुपमा यसलाई तदारुकताका साथ कार्यन्वयन गर्ने पार्टीको जोड रहेको छ ।

अन्य क्षेत्रको सेवा प्रदायक सार्वजनिक र सरकारी कर्यालयहरुमा सहज, सुलभ र बिना घुसखोरीको सेवा प्रदान गर्न थप जनशक्ति परिचालन गरि हेल्पलाईन नम्बरहरु जारी गरिने आगामी योजनाहरु रहेको पार्टीका जिल्ला संयोजक सरार्फले बताए ।

पार्टीलाई जन मैत्री बनाउन एवं आम जनता संग जोडन कुनै कसर बाकी नराख्ने पार्टीको निति रहेको उनले दाबी समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...