Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा शिक्षा क्षेत्रमा याेग्दान दिएका ४ जना सम्मानित

spot_img
spot_img
 

वीरगंज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन् । अम्बिका ममता स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले दुई ठूला जनसंख्या भएको देशको बीचमा रहेको नेपालमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरुको बसोबास रहेकोले एक अर्काप्रतिको सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता मजबुद हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष पाेखरेलले व्यावसायिक केन्द्रको रुपमा विस्तार गरिएको सभ्यता, संस्कृति जीवनसँग जोडिएको वीरगंजमा शिक्षामा योगदान गर्ने शिक्षकहरुलाई सम्मान गर्नु प्रशंसनीय रहेको बताए । उनले नेपालको संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा लेखिएपनि अहिले शिक्षा र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउने चुनौती देखिएको बताए । देशलाई आर्थिक विकास गर्न सामाजिक सदभाव आवश्यक रहेको औल्याउदै बीचमा अनेक खालका विग्रहको गतिविधिले नोक्सान धेरै भएको पनि बताए ।

अमेरिकलाई आप्रवासीहरुको देश भनेर चिनिने र नेपाल अल्पसंख्यकहरुको देश रहेको उल्लेख गर्दै उनले संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतसँगको खुला सीमाना र प्राकृतिक रुपमा हिमालको सीमा भएको दोश्रो ठूलो जनसंख्या भएको चीनको बीचमा रहेको नेपालमा सामाजिक सदभाव सहितको राष्ट्रिय एकताले मात्रै देशको अस्तित्व रहन सक्ने बताए ।

कुनै फौजी ताकतको बलमा सुरक्षित रहन नसकिने तर्क गर्दै उनले देशको अस्तित्व कायम राख्न सामाजिक सदभाव कायम राख्नु नै मुख्य भूमिका रहेकोमा जोड दिए । देश सुरक्षित हुनका लागि सामाजिक सदभाव लागि निर्णायक क्षमता भएको उनको भनाई थियो । कहिलेकाहीँ सामाजिक सदभाव खल्बल्याउने तत्वहरु सक्रिय भईराख्ने सिलसिला देखिने गरेकोले यस्ता तत्वहरुलाई परास्त गर्न सकिएमा मात्रै सामाजिक सदभाव कायम रही राष्ट्रिय एकता कायम रहने बताए । सबैजाति, भाषा, भेषभूषा, धर्म संस्कृति र पहिचानले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्ने उल्लेख गरे ।

प्रतिष्ठानकी सदस्य मलिका ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका चार जनालाई सम्मान गरेको थियाे ।

कार्यक्रममा झण्डै ३८ बर्ष विद्यालयमा सेवा गर्नु भएका सेवा निवृत्त प्रधानाध्यापक जीवबच्छ मिश्र, त्यस्तै ३८ बर्ष नै शिक्षा क्षेत्रमा सेवा गर्नुभएका पूर्व प्रधानाध्यापिका मूना बदन राजभण्डारी, विद्यालय व्यावस्थापन समितिका पूर्व अध्यक्ष रामनारायण कुर्मी र संस्थागत विद्यालयको स्थापना र स्तर कायम राख्न सफल गौतम माध्यामिक विद्यालयकी प्रिन्सिपल उर्मिला लामालाई नगद, सम्मापत्र र दोसल्लाले सम्मान गरिएको  थियाे ।

दिवंगत शिक्षिका अम्बिकादेवी सिंह–ममता राजकर्णिकारको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षक, विद्यालय व्यावस्थापन समिति र प्रधानाध्यापकहरुलाई हरेक बर्ष सम्मान गर्दै आएको छ । २०७६ सालदेखि रोकिएको सम्मान यसबर्ष २०६९ सम्म शिक्षा क्षेत्रमा उत्कृष्ट सेवा गरेकाहरुलाई सम्मान गरिएको हो ।

सम्मान योग्य व्यक्तिहरु छनोट गर्नका लागि प्रतिष्ठानले भूतपुर्व प्रधानध्यापक शंकर कर्णको संयोजकत्वमा पूर्व शिक्षक सीताराम प्रसाद र लक्ष्मण थापा गरी तीन सदस्यीय छनो समिति गठन गरेको थियो ।  

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह प्रधान, प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीरगंज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगी, नेकपा एमाले पर्साका संयोजक विश्वम्भर शर्मा लगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष अरविन्द सिंहले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार केसी लामिछानेले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...