Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा पुन: प्रहरीले दियाे तस्करीकाे लाइन, कहाँ कुन तस्करले पाए लाइन ?

spot_img
spot_img

वीरगंज । पर्सामा केही समय बन्द रहेकाे तस्करीकाे लाइन पुन: प्रहरीले दिएकाे छ । नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका अधिकारीहरुले तस्करहरुलाई मोटो रकम महिनावारी लिने शर्तमा लाइन दिएपछि अहिले पर्साको ग्रामीण ईलाकामा रहेको भिस्वा नाकाबाट निर्वाध रुपमा तस्करी भइरहेको छ ।

सीमा सुरक्षा बल सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका जिल्लास्थित प्रहरी प्रमुखहरु तथा प्रदेश प्रमुखहरु समेतले तस्करीहरुसँग मोटो रकम असुल गरिरहेको स्रोतको दाबी छ । तस्करहरुको संरक्षण प्रहरीले नै गर्न थालेपछि के दिन के रात २४ घण्टा सीमा नाकाबाट अवैध माल ओसारपोसार भइरहेको छ ।

पर्साको भिस्वा नाका अहिले सबैभन्दा बढी चर्चामा रहेको छ । भिस्वा नाकाबाट पर्साका नामुद तस्कर किशोर जैसवाल, उनको छोरा मुना जयसवाल र उनको भतिज रामु जैसवालको लाइन चलिरहेको छ ।

यस्तै किशोर, मुना र रामुको माल भिस्वा गोदामबाट बोर्डर कटाउने र भारतको सिक्टामा रहेको गोदाम सम्म माल सुरक्षित पुर्याउने ठेक्का भिस्वाको लडु र सिक्टाका पप्पुले लिएका छन । लडु र पप्पुले भरिया लगाएर टाउको मा राखी सिमानाका कटाएर सिक्टाको गोदाम सम्म पुर्याउन २ सय जना भरिया केलियरिङ गर्ने मान्छे काम्दार राखेका छन ।

अञ्जीर नामक फल, चाईनिज स्याउ, छोकडा, सुपारी, मरिच, खुखरी चुरोट, चाईनिज १० फिटे ईन्चीटेप, कुखुराको दाना, चाईनिज रहेको तर युनीलीवर कम्पनीको लेखिएका सबै समान जस्तो कि फेयरलबली, फेयरलबली पाउच, क्लजप पेस्ट लगायतका समान तस्करी गर्न छुट पाएका छन् ।

कबाडीकाे तस्करी पनि सुरु 

भारतीय सीमावर्ती सहर रक्सौलबाट सर्वसाधारणले सानो तिनो घरायसी सामान ल्याएपछि सशस्त्र प्रहरीले इमान्दारिताको खोल ओढी नौटंकी गर्दै रोकटोक गर्ने र रातिको समयमा सेटिङ्गमा ठेलाका ठेला कबाडीका सामानहरु भारततर्फ तस्करी भइरहेको छ भने कपडा तस्करहरु महँगा महँगा कपडा नेपाल भित्र्याई रहेका छन् ।

वीरगंज भन्सार स्थित बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी नायब उपरीक्षक आएको केही समय बित्न नपाउँदै इनर्वा गाउँ एवं वीरगंज भन्सार पछाडी रहेको बाँसघारी क्षेत्रबाट सशस्त्र प्रहरीको सेटिङ्गमा दैनिक करोडौं मूल्य बराबरको कबाडीको सामान भारततर्फ तस्करी हुने गरेको छ भने तस्करीको कपडा भित्र्याउन तस्करहरुले लाइन पाएका छन् ।

कबाडीको नाममा जनावरहरुको छाला, हड्डी लगायत बहुमूल्य धातुहरु भारततर्फ तस्करी गर्ने गरिएको छ । कबाडी तस्करीको लाइन पाएका इमरान खान लगायत ८ जना व्यक्तिहरुले दैनिक २ सय देखि ३ सय ठेला कबाडीको नाममा बहुमूल्य सामानहरु भारततर्फ तस्करी गर्ने गरेका छन् । बजारको बहुमूल्य सामानहरु ठेलामा लोड गरि कबाडीको नाममा तस्करी गर्ने गरेका छन् र सो कार्यमा सशस्त्र प्रहरी एवं नेपाल प्रहरीका सुरक्षाकर्मीहरु सहयोगी बन्दै आएका छन् ।

बहुमूल्य सामानधनीले केयरिङ्ग गर्ने तस्करहरुलाई प्रति केजी रु १३ तथा ठेलावालाहरुलाई प्रति केजी रु ३ को दरले पैसा दिने गरेका छन् । एउटा ठेलावालाहरुले ८ सय केजी भन्दा बढि सामान बोकेर भारततर्फ पु¥याउने गरेका छन् ।

चार महिनादेखि बन्द रहेको तस्करीको लागि यही आइतबारदेखि सुचारु भएको छ । रातिको १२ बजे पश्चात इनर्वा गाउँको चोर बाटो हुँदै दैनिक २ देखि अढाई सय ठेला कबाडीको सामान तस्करी हुने गरेको छ । जब रातिको १२ बज्छ, त्यस क्षेत्रमा रहेको बिजुलीको लाइन काटिन्छ र ठेलाका ठेला तस्करीको सामान सिमा कटाएपछि पुनः लाइन जोडिन्छ । 

नेपाल भारत दुबै देशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आफ्नो देशको कबाडी आफ्नो देशमा स्क्रयाप गर्ने सम्झौता पनि भएको छ । तर सम्झौता विपरित तस्करहरुले करोडौं अर्बौको सामान कबाडीको नाममा भारत तस्करी गर्ने गरेका छन् । तस्करहरुले कबाडीको सामान वीरगंजदेखि रक्सौलको रामेश्वर फलमण्डीसम्म पु¥याउने जिम्मा पाएका हुन्छन् ।

कपडा तस्करीकाे पनि लाइन 

अर्कोतर्फ कपडा तस्करहरुले पनि तस्करीको लाइन पाएका छन् । कपडा तस्करीका लागि शत्रुधन यादव, जयलाल, शेखावत, मुन्ना शेख, अम्बेया, मीरा लगायतका व्यक्तिले तस्करीको लाइन पाएको बताइएको छ । उनीहरुले करोडौंको कपडा राजस्व छलि गरि इनर्वा गाउँको चोर बाटो हुँदै नेपाल भित्र्याउने गरेका छन् । इनर्वा गाउँ र बाँसघारीबाट दैनिक करोडौं मूल्य बराबरको शुटिङ, सर्टिङ, महंगा साडी गायतका कपडाहरु नेपाल भित्र्याउने गरिएको छ । कपडा तस्करको नामुद तस्कर मदन रुन्चे लगायतले पनि तस्करीको लाइन पाएको बताइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...