Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

हाेटल दियालाे नियम विपरित उपभाेक्ता ठग्दै

spot_img
spot_img

वीरगंज । नियम विपरित वीरगंजका एक ठुला हाेटलले पनि उपभाेक्ता ठगिरहेकाे फेला परेकाे छ । मूल्य अभिवृद्धि कर नियमावली–०५३ काे विपरित वीरगंजकाे आदर्शनगरस्थित रहेको हाेटल दियालाेले उपभाेक्ता ठगिरहेकाे फेला परेकाे हाे ।

नियमावली विपरित हाेटलका उपभाेक्ताहरुले ‘मेनु प्राइस’ बाहेककाे अन्य शुल्क पनि भुक्तानी गर्नु परेकाे छ । नियमावली अनुसार मेनु बाहेककाे कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन तर हाेटल दियालाेमा ‘मेनु प्राइस’ बाहेकको रकम तिर्नु परेकाे छ ।

हाेटलले मेनुमा उल्लेख नगरेकाे सर्भिस जार्ज १० प्रतिशत र भ्याट १३ प्रतिशत बिलमा थपेर लिइरहेकाे छ । जुन नियम विपरित रहेकाे छ ।   

एक उपभाेक्ताले हाेटलमा मेनुअनुसार २० हजार ९ सय ७३ रुपैयाँको बिल दिनुपर्नेमा थप १० प्रतिशत सर्भिस चार्ज २ हजार ९७ र थप १३ प्रतिशत भ्याट २ हजार ९८४ जोडेर २५ हजार ९ सय ४५ रुपैयाँ असुल गरेको भेटिएको छ । हाेटलकाे मेनुकाे खानाकाे परिकारहरुकाे मुल्य मात्र उल्लेख गरिए पनि पछि बिल लिने बेलमा अन्य शुल्ककाे नाममा थप २३ प्रतिशत जाेडेर लिएकाे देखिन्छ । 

कालिका टाईम्सलाई प्राप्त साे बिलका अनुसार एक उपभाेक्ताले नियम विपरितकाे ५ हजार थप तिर्नु परेकाे छ । यसरी अनुमानित हिसाब गर्दा एक दिनमा यस्ताे दर्जनाैं उपभाेक्तासंग हाेटलले नियम विपरित लाखाैं रकम ठगि रहेकाे देखिन्छ ।  

यी बिल उदाहरण मात्रै हुन् । यस्ता हाेटलमा आउने सबै उपभाेक्ताहरुलाई ठगिनु परेकाे छ । एक उपभाेक्ताले भने एउटा त हाेटल महंगाे, त्यसमा पनि अतिरिक्त शुल्ककाे नाम थप रकम तिर्नु परेकाे छ । उनले थपे याे भएन, देशका ठुला हाेटलहरु पनि नियम कानुन मानदैनन् भने कसरी हुन्छ ? उनले प्रशन गर्दै दुखेसाे समेत पाेखे ।

‘मूल्य भनेको सर्भिससहित सबै लागत जोडेर मेनुमा उल्लेख गर्ने हो । ऐन, कानुन र अदालतका आदेशहरूमा यो विषय प्रस्ट उल्लेख हुँदा पनि उपभोक्ता ठगिइरहेका छन् । तर सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...