Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

हाेटल दियालाे नियम विपरित उपभाेक्ता ठग्दै

spot_img
spot_img

वीरगंज । नियम विपरित वीरगंजका एक ठुला हाेटलले पनि उपभाेक्ता ठगिरहेकाे फेला परेकाे छ । मूल्य अभिवृद्धि कर नियमावली–०५३ काे विपरित वीरगंजकाे आदर्शनगरस्थित रहेको हाेटल दियालाेले उपभाेक्ता ठगिरहेकाे फेला परेकाे हाे ।

नियमावली विपरित हाेटलका उपभाेक्ताहरुले ‘मेनु प्राइस’ बाहेककाे अन्य शुल्क पनि भुक्तानी गर्नु परेकाे छ । नियमावली अनुसार मेनु बाहेककाे कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन तर हाेटल दियालाेमा ‘मेनु प्राइस’ बाहेकको रकम तिर्नु परेकाे छ ।

हाेटलले मेनुमा उल्लेख नगरेकाे सर्भिस जार्ज १० प्रतिशत र भ्याट १३ प्रतिशत बिलमा थपेर लिइरहेकाे छ । जुन नियम विपरित रहेकाे छ ।   

एक उपभाेक्ताले हाेटलमा मेनुअनुसार २० हजार ९ सय ७३ रुपैयाँको बिल दिनुपर्नेमा थप १० प्रतिशत सर्भिस चार्ज २ हजार ९७ र थप १३ प्रतिशत भ्याट २ हजार ९८४ जोडेर २५ हजार ९ सय ४५ रुपैयाँ असुल गरेको भेटिएको छ । हाेटलकाे मेनुकाे खानाकाे परिकारहरुकाे मुल्य मात्र उल्लेख गरिए पनि पछि बिल लिने बेलमा अन्य शुल्ककाे नाममा थप २३ प्रतिशत जाेडेर लिएकाे देखिन्छ । 

कालिका टाईम्सलाई प्राप्त साे बिलका अनुसार एक उपभाेक्ताले नियम विपरितकाे ५ हजार थप तिर्नु परेकाे छ । यसरी अनुमानित हिसाब गर्दा एक दिनमा यस्ताे दर्जनाैं उपभाेक्तासंग हाेटलले नियम विपरित लाखाैं रकम ठगि रहेकाे देखिन्छ ।  

यी बिल उदाहरण मात्रै हुन् । यस्ता हाेटलमा आउने सबै उपभाेक्ताहरुलाई ठगिनु परेकाे छ । एक उपभाेक्ताले भने एउटा त हाेटल महंगाे, त्यसमा पनि अतिरिक्त शुल्ककाे नाम थप रकम तिर्नु परेकाे छ । उनले थपे याे भएन, देशका ठुला हाेटलहरु पनि नियम कानुन मानदैनन् भने कसरी हुन्छ ? उनले प्रशन गर्दै दुखेसाे समेत पाेखे ।

‘मूल्य भनेको सर्भिससहित सबै लागत जोडेर मेनुमा उल्लेख गर्ने हो । ऐन, कानुन र अदालतका आदेशहरूमा यो विषय प्रस्ट उल्लेख हुँदा पनि उपभोक्ता ठगिइरहेका छन् । तर सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...