Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

चिसाे बढेपछि पर्साका विद्यालयहरु बन्दै हुँदै

spot_img
spot_img

वीरगंज । चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द हुन थालेका छन् । हुस्सु र शितलहरका कारण अचानक चिसाे बढेपछि पर्साका स्थानिय तहहरु विद्यालयमा विदा दिन थालेका हुन् ।

 वीरगंज महानगरपालिकाले नगरभरिका विद्यालयहरुमा ४ दिन विदा दिएको छ । वीरगंज महानगरपालिकाले साेमबार एक सूचना जारी गर्दै मंगलबारदेखि शुक्रबारसम्मका लागि विद्यालयमा विदा दिएको हो ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सोमबार साँझ सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा भोलीदेखि शुक्रबारसम्मका लागि विदा दिइएको जनाएका हुन् ।

कर्णले जारी गरेको सूचनामा मौसम प्रतिकुलताका कारणबाट बालबालिकाहरुलाई नियमित विद्यालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७९ पुष १९ गते मंगलबारदेखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि हिउँदे विदाबाट कट्टा हुनेगरी विद्यालयमा पठनपाठन मात्र स्थगित गरिएको उल्लेख छ ।

यद्दपी पुनश्य: मौसम अनुकूल भए पश्चात पठनपाठन पुन: सूचारु हुने पनि सूचनामा उल्लेख छ ।

यसैगरी बिन्दवासिनी गाउँपालिकाले पनि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा विदा दिएकाे छ । बिन्दवासिनी गाउँपालिकाका शिक्षा अधिकृत कपिल लामिक्षानेले साेमबार एक सूचना जारी गर्दै शुक्रबार सम्मकाे लागि गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा विदा दिइएकाे जानकारी गराएका हुन् ।

हाल वढदै गइरहेको शितलहर तथा चिसोको कारण विद्यालयमा अध्ययनरत बाल बालिकाहरु प्रत्यक्ष रुपमा प्रभावित हुने हुनाले यस जोखिम परिस्थितिलाई मध्य नजर गर्दै गाउँपालिका अन्तर्गत संचालित सम्पुर्ण सामुदायिक / संस्थागत / धार्मिक विद्यालयहरुको पठन पाठन यहि मिति २०७९ ९ १९ गते मंगलवार देखि मिति २०७९ । ९ । २२ गते शुक्रबार सम्मका लागि बन्द गरिएको जारी सूचनामा उल्लेख गरिएकाे छ ।

यसैगरी पोखरिया नगरपालिकाले चिसाे कारण नगरपालिका अन्तर्गतका विद्यालयहरुमा विदा दिएकाे छ । अत्याधिक शीतलहर सहित जाडो बढेको कारण बालवालिकाहरुमा परिरहेकाे असरलाई ध्यानमा राखेर विदा दिइएकाे नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत विजय कुमार झाले जानकारी दिए ।

झाले साेमबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गत पर्ने सम्पुर्ण विद्यालयहरु मिति २०७२/०९/१९ गते देखि २०७९/०९/२२ गते सम्म विद्यालयको पठन-पाठन कार्य बन्द गरी मिति २०७९/०९/२४ गते आईतबार देखि नियमित रुपले विद्यालय संचालन गर्न हुनको जानकारी गराएका छन् ।

यसैगरी सखुवा प्रसाैनी गाउँपालिकाले पनि जाडाे विदा दिएकाे छ । अत्यधिक मात्रामा शीतलहर सहित जाडो बढेको कारण बालवालिकामा प्रतिकूल असर परेको हुँदा गाउँपालका अन्तर्गत पर्ने सम्पूर्ण विद्यालयहरू यही मिति २०७९-०९-२२ गते शुक्रवार सम्म विद्यालयको पठनपाठन कार्य बन्द गाउँपालिकाद्वार जारी सूचनामा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...