Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

विकास निर्माणकाे लागि एकताबद्ध हुनुपर्छ : सांसद रिजाल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य (सांसद) रमेश रिजाले विकास निर्माणकाे लागि एकताबद्ध हुनु पर्ने वताएका छन् ।  ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे अवसरमा वीरगंजमा आयाेजित चियापान कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद रिजालले विकास निर्माणकाे सवालमा फरक विचारधार भएका राजनीतिक दलका नेताहरु पनि एक हुनु पर्ने वताएका हुन् । 

उनले आफ्नाे दल अहिले प्रतिपक्षमा भएपनि मुलुक विकासकाे लागि, मुलुककाे हितकाे लागि सरकारकाे साथमा रहने वताए । तर याे सरकार जनताकाे हित विपरित जान थाल्याे, प्रजातन्त्रकाे विपरित जान थाल्याे, संविधानकाे विपरित जान थाल्याे, संघियताकाे विपरित जान थाल्याे भने सरकारकाे विराेधमा जनमत तयार गरी परास्त गर्ने अभियानमा लाग्ने पनि चेतावनी दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद रिजालले नेपाली कांग्रेसकाे नेतृत्वमा सरकार बन्नु पर्ने चाहना अनकुल नभएकाेमा पनि निराश नहुन पार्टी नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले संगठन निर्माणमा लाग्न आग्रह समेत गरे । 

 

नेपाली कांग्रेस पर्साद्वारा आयाेजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय चाैरसिया,नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रभु हाजरा, राप्रपाकी नेतृ एवम् प्रतिनिधि सभा सदस्य विना जयसवाल, संविधान सभा सदस्य अनिल रुंगाटा, एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, नेता ओमप्रकाश शर्मा, नविन सिंह लगायतकाे सहभागिता रहेकाे थियाे । 

नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन नेपाली कांग्रेस पर्साका सचिव एवम् वीरगंज महानगरपालिकाका उप मेयर इमतियाज आलमले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...