Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

राजश्व विभागको किर्ते स्टिकरसहित वीरगंजबाट दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । आन्तरिक राजश्व विभागको किर्ते तवरबाट तयार गरिएको स्टिकरसहित दुई जना वीरगंजबाट पक्राउ परेका छन् । बाराकाे विश्रामपुर गाउँपालिका वडा नं.५ हाल वीरगंज महानगरपालिकाकाे वडा नं.१५ त्रिशुल चोक बस्ने वर्ष २७ को मनिष कुमार साह तेली र साेही ठाउँ बस्ने वर्ष २५ को रंजन कुमार रामलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेकाे दुई जनाले आन्तरिक राजश्व विभागको किर्ते तवरबाट तयार गरिएको स्टिकर लिएर आउँदै छन् भन्ने पुष १५ गते प्राप्त भएको सूचनाको आधारमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेकाे थियाे ।

वीरगंज महानगरपालिका वडा नं.१६ स्थित सडकखण्डमा गोप्यरूपमा निगरानी गर्दै गरेको अवस्थामा दिउसाे ३ बजेकाे समयमा प्र.२-०३-००८ प २६६९ नम्बरको NS 200 CC को मोटरसाईकलमा वीरगञ्जतर्फ आउँदै गरेकाे दुबै जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

निजहरूलाई रोकी दुबै जनाकाे शरीर रीतपूर्वक खानतलासी गर्दा मनिष कुमार साहले लगाएको ज्याकेटको दाहिनेतर्फको भित्री खल्तीमा लुकाइ छिपाई राखिएको आन्तरिक राजश्व विभाग Liquor 25 up 375ml लेखिएको स्टिकर पाना-१ ३९ स्टिकर भएको छायाँकपी पाना-१ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

दुबै जनालाई माेटरसाइकल र बरामद आन्तरिक राजश्व विभागको स्टिकर सहित जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लिखत सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिइ थप अनुसन्धान भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...