Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

माइस्थान निषेधित क्षेत्रमा गाडी लैजाने कर्मचारीलाई महानगरले साेध्याे स्पष्टिकरण

spot_img
spot_img

वीरगंज । वीरगञ्ज वीरगञ्जको माइस्थान मन्दिर अगाडी सवारी पार्किङ गर्ने कर्मचारीलाई महानगरपालिकाले कारबाही प्रकृया अघि बढाएको छ । वीरगञ्ज महानगरपालिकाको सवारी साधन महानगरकै कर्मचारीले विना अनुमति निषेधित क्षेत्रमा पार्किङ गरेकाले उनीहरुलाई कारबाही प्रकृया अघि बढाएको हो ।

घटनामा संलग्न भएका कर्मचारीलाई विदाको दिन कसको अनुमतिमा सरकारी गाडी संचालन गरेको र निषेधित क्षेत्रमा कसरी पुर्याइएको हो सो सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिइएको छ ।  ‘महानगरको योजना शाखाका इन्जिनियर भरत बहादुर थापा, सवारी चालक रमेश गुप्ता र महानगर प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि भुषाललाई तीन दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको छ ।

यस्तै माइस्थान मन्दिर परिसरमा डिउटीमा रहेका नगर प्रहरीका अन्य ६ जनालाई पनि स्पष्टि करण बुझाउन आदेश दिइएको छ । नगर प्रहरी सहायक निरीक्षक छोटेलाल राउत र राजेन्द्य्र महरा, नगर प्रहरी जवान दिपेन्द्र प्रसाद यादव, नारायण साह कानु, अभिमन्यु यादव र बृज किशोरसँग स्पष्टिकरण माग गरिएको महानगरले जनाएको छ । 

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले तीन दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण नबुझाए थप कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

महानगरपालिकाको ना १ झ १५९७ नम्वरको पिकअप भ्यान सार्वजनिक विदाको दिन सवारी निषेधित क्षेत्र माइस्थान परिसरमा पार्किङ गरिराखेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि महानगरप्रमुख राजेशमान सिंहले घटनामा संलग्न सबैलाई कारबाही गर्ने बताएका थिए । 

‘महानगर प्रमुखकै सवारी साधन पनि यस क्षेत्रमा प्रवेश निषेध छ, अन्य सवारी प्रवेशको छुट हुने कुरै छैन,’ नगरप्रमुख सिंहले भन्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...