Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

माइस्थान निषेधित क्षेत्रमा गाडी लैजाने कर्मचारीलाई महानगरले साेध्याे स्पष्टिकरण

spot_img
spot_img

वीरगंज । वीरगञ्ज वीरगञ्जको माइस्थान मन्दिर अगाडी सवारी पार्किङ गर्ने कर्मचारीलाई महानगरपालिकाले कारबाही प्रकृया अघि बढाएको छ । वीरगञ्ज महानगरपालिकाको सवारी साधन महानगरकै कर्मचारीले विना अनुमति निषेधित क्षेत्रमा पार्किङ गरेकाले उनीहरुलाई कारबाही प्रकृया अघि बढाएको हो ।

घटनामा संलग्न भएका कर्मचारीलाई विदाको दिन कसको अनुमतिमा सरकारी गाडी संचालन गरेको र निषेधित क्षेत्रमा कसरी पुर्याइएको हो सो सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण बुझाउन आदेश दिइएको छ ।  ‘महानगरको योजना शाखाका इन्जिनियर भरत बहादुर थापा, सवारी चालक रमेश गुप्ता र महानगर प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि भुषाललाई तीन दिन भित्र लिखित स्पष्टिकरण पेश गर्न भनिएको छ ।

यस्तै माइस्थान मन्दिर परिसरमा डिउटीमा रहेका नगर प्रहरीका अन्य ६ जनालाई पनि स्पष्टि करण बुझाउन आदेश दिइएको छ । नगर प्रहरी सहायक निरीक्षक छोटेलाल राउत र राजेन्द्य्र महरा, नगर प्रहरी जवान दिपेन्द्र प्रसाद यादव, नारायण साह कानु, अभिमन्यु यादव र बृज किशोरसँग स्पष्टिकरण माग गरिएको महानगरले जनाएको छ । 

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले तीन दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण नबुझाए थप कारबाही गरिने चेतावनी पनि दिएका छन् ।

महानगरपालिकाको ना १ झ १५९७ नम्वरको पिकअप भ्यान सार्वजनिक विदाको दिन सवारी निषेधित क्षेत्र माइस्थान परिसरमा पार्किङ गरिराखेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि महानगरप्रमुख राजेशमान सिंहले घटनामा संलग्न सबैलाई कारबाही गर्ने बताएका थिए । 

‘महानगर प्रमुखकै सवारी साधन पनि यस क्षेत्रमा प्रवेश निषेध छ, अन्य सवारी प्रवेशको छुट हुने कुरै छैन,’ नगरप्रमुख सिंहले भन्नुभयो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद्ले पायो नयाँ नेतृत्व

वीरगंज । गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै...

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको...

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...