Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

त्रिवेणी स्पिनिङ्गमा प्रहरी र मजदुर बीच झडप, एक प्रहरीसहित दर्जन भन्दा बढी घाइते

spot_img
spot_img

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ छाता पिपरामा रहेकाे त्रिवेणी स्पिनिङ्ग मिल्स प्रालिमा बिहिबार दिउसाे मजदुर र प्रहरी बीच झडप भएकाे छ ।

कर्मचारी बाेनसकाे विषयलाई लिएर भएकाे झडपमा एक प्रहरीसहित दर्जन भन्दा बढी मजदुरहरु घाइते भएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर र दर्जनाैं शेल आशु ग्यास फायरिङ गरेकाे थियाे ।

कम्पनीका संचालकले विगतकाे बर्षमा कर्मचारीलाई उपलब्ध गराउँदै आएकाे वाेनस उपलब्ध नगराएपछि बुधबारदेखि कामदारहरु आन्दाेलित थिए । आन्दाेलन कै क्रममा कामदारहरुले बुधबार दिउसाेदेखि नै कम्पनीका सिइयाे अशाेक शर्मालाई उनकै कार्यकक्षमा थुनेर कम्पनी मै बसेका थिए ।

समस्या समाधानकाे लागि बिहिबार दिउसाे कम्पनी मै कम्पनी संचालक र मदुर पक्ष बिच बर्ता भइरहेकाे थियाे । साेही क्रममा पुगेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी र आन्दाेलित मजदुर बिच विवाद हुँदा झडप हुन पुग्याे ।

प्रहरी उपरिक्षक बाेगटीसंगै कम्पनीकाे कार्यालयमा प्रबेश गर्ने क्रममा एक प्रहरी जवानले महिला कमादारलाई हातपात गर्दै दुर्व्यहार गरेपछि आक्राेशित कमादारहरु मिल्समा धागाे बेर्ने पाइपाहरु चलाउन थालेपछि स्थित तनाव पूर्ण बनेकाे थियाे । त्यसकाे केही बेर सम्म दुबै पक्ष बिच बारम्बार झडप भइरहयाे ।

प्रहरीले कामदारहरुले थुनेका कम्पनीका सिईयाे शर्मालाई उद्दार गराउन कमदारमाथी बल प्रयाेग गरेकाे थियाे । त्यस क्रममा एक प्रहरी जवानसहित एक दर्जन भन्दा बढी मजदुरहरु घाइते भएका हुन् । प्रहरीले बर्तामा बसेका केही मजदुर नेतासहित ७ जनालाई नियन्त्रणमा समेत लिएकाे छ ।

विगत १५ वर्षदेखि मजदुरहरुले वर्षेनी दशैं तिहारमा बोनस प्राप्त गर्दै आएकोमा विगत ३ वर्षदेखि उद्योग प्रशासन पक्षले मजदुरहरुलाई बोनस दिन आनाकानी गर्दै आएको मजदुरहरुको आरोप छ ।

कोरोना संक्रमण महामारीको बखत उद्योग संचालन नभए पश्चात मजदुरहरुले बोनस पाएका थिएनन्, त्यस यता गत वर्षको दशैंमा उद्योग प्रशासनले मजदुहरुलाई १० देखि १२ हजारको दरले बोनस दिएको थियो । यस वर्ष उद्योग राम्ररी संचालन भइरहेको अवस्थामा उद्योग पक्षले अचानक बोनस नदिने भनेपछि आफुहरु विरोधमा उत्रेकाे मजदुहरुले वताएका छन ।

उद्योग पक्षले पैसाको आडमा प्रहरीलाई बोलाई बल प्रयोग गरि मजदुरहरुमाथि दमन गराएको अखिल नेपाल औधाेगिक मजदुर संघका सचिव लुटेन्द्र मिश्रले वताए । पुरुष प्रहरीले महिला श्रमिकमाथि हात हालेको, दुव्र्यवहार गरेको, कम्मरमा हात समाई लछार पछार गरेको मजदुरहरुकाे आराेप छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...