Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

निर्माण व्यवसायी संघ पर्साकाे निर्वाचनमा सुरेश प्यानल विजयी

spot_img
spot_img

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ पर्साकाे अध्यक्षमा सुरेश प्रसाद कुर्मी विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दिवाकर प्रसादलाई २२७ मतले हराउदै सुरेश विजयी भएका हुन् । शनिबार भएकाे निर्वाचनकाे आइतबार विहान सम्पन्न अन्तिम मतगणनाकाे मतपरिणाम अनुसार दिवकारले ५८ मत पाउँदा सुरेशले २८५ मत पाएका छन् ।

संघकाे प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र मिश्र २३९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी हिरालाल प्रसाद कुर्मीले १०३ मत मात्र पाएका छन् । द्वितिय उपाध्यक्षमा अच्चेलाल प्रसाद चाैरसिया २२९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु प्रसाद कुर्मीले १०० मत मात्र पाएका छन् ।

सचिवमा शनि यादव  १५८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु मुकेश प्रसाद कुर्मी १२३ मत र प्रदिप कुमार पटेलले ३३ मत मात्र पाएका छन् । सह सचिवमा संजयक कुमार कुर्मी  १४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु राेशन कुमार सिंह ११० मत र धुरेन्द्र प्रसाद कुर्मीले ७४ मत मात्र पाएका छन् ।

काेषाध्यक्षमा राजेश्वर प्रसाद राैनियार २०१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी महताब अहमद ११६ मत मात्र पाएका छन् । सह काेषाध्यक्षमा सदाम हुसेन २०९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजु प्रसाद पटेलले १०३ मत मात्र पाएका छन् ।

संघकाे सदस्यहरुमा अमाेद कुमार पटेल १८० मत, पुरुषाेत्म प्रसाद पटेल १८५ मत, विकास कुमार साह १६६ मत, विरेन्द्र प्रसाद कुर्मी २१६ मत, मनाेज कुमार साह १५७ मत, बृजेश कुमार यादव १८० मत, पारस ठाकुर २०० मत, दिपेन्द्र प्रसाद साेनार १७५ मत र सतिश कुमार चाैरसिया १५४ मत ल्याएर विजयी भएका हुन् ।

यस अघि नै दुई जना महिला सदस्यमा प्रिया पाण्डे र आशा देवी निर्विराेध निर्वाचित भइसकेकाे जनाइएकाे छ ।  

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...