Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

निर्माण व्यवसायी संघ पर्साकाे निर्वाचनमा सुरेश प्यानल विजयी

spot_img
spot_img

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ पर्साकाे अध्यक्षमा सुरेश प्रसाद कुर्मी विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दिवाकर प्रसादलाई २२७ मतले हराउदै सुरेश विजयी भएका हुन् । शनिबार भएकाे निर्वाचनकाे आइतबार विहान सम्पन्न अन्तिम मतगणनाकाे मतपरिणाम अनुसार दिवकारले ५८ मत पाउँदा सुरेशले २८५ मत पाएका छन् ।

संघकाे प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र मिश्र २३९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी हिरालाल प्रसाद कुर्मीले १०३ मत मात्र पाएका छन् । द्वितिय उपाध्यक्षमा अच्चेलाल प्रसाद चाैरसिया २२९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु प्रसाद कुर्मीले १०० मत मात्र पाएका छन् ।

सचिवमा शनि यादव  १५८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु मुकेश प्रसाद कुर्मी १२३ मत र प्रदिप कुमार पटेलले ३३ मत मात्र पाएका छन् । सह सचिवमा संजयक कुमार कुर्मी  १४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु राेशन कुमार सिंह ११० मत र धुरेन्द्र प्रसाद कुर्मीले ७४ मत मात्र पाएका छन् ।

काेषाध्यक्षमा राजेश्वर प्रसाद राैनियार २०१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी महताब अहमद ११६ मत मात्र पाएका छन् । सह काेषाध्यक्षमा सदाम हुसेन २०९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजु प्रसाद पटेलले १०३ मत मात्र पाएका छन् ।

संघकाे सदस्यहरुमा अमाेद कुमार पटेल १८० मत, पुरुषाेत्म प्रसाद पटेल १८५ मत, विकास कुमार साह १६६ मत, विरेन्द्र प्रसाद कुर्मी २१६ मत, मनाेज कुमार साह १५७ मत, बृजेश कुमार यादव १८० मत, पारस ठाकुर २०० मत, दिपेन्द्र प्रसाद साेनार १७५ मत र सतिश कुमार चाैरसिया १५४ मत ल्याएर विजयी भएका हुन् ।

यस अघि नै दुई जना महिला सदस्यमा प्रिया पाण्डे र आशा देवी निर्विराेध निर्वाचित भइसकेकाे जनाइएकाे छ ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...