Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

सखुवाप्रसौनी घटनाकाे मुल कारण पता लगाउन समाजवादी युवा संघकाे माग

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी घटना हुनुकाे मुल कारण पता लगाई सत्य तथ्य छानविन गरी दोषीलाई कारवाही गर्न समाजवादी युवा संघ पर्साले माग गरेकाे छ । युवा संघ पर्साका अध्यक्ष गाैरव बर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै राजनैतीक पुर्वग्रह राखी निर्दोष फसाउने वा हाम्रो सम्भावित उम्मेदवारलाई फसाउने खोजे कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

गाउँपालिका कार्यालय र बलुवा गाउँमा भएको कुटपिट, झडप, टोडफोड र आगजनीको घटना निन्दनीय रहेकाे वताउँदै युवा संघले गाउँपालिका कार्यालयमा उपाध्यक्षको कार्यकक्षमा बसेर छलफल गरिरहेका सखुवा प्रसौनी गा.पा. -५, बलुवा निवासी बुलेट गिरी भनिने दीपरन्जन गिरीलाई उपाध्यक्षको कार्यकक्षबाट बोलाइ पालिकाध्यक्ष र निजको भाइले कुटपिट गर्नु गैरकानूनी र पदीय मर्यादा बिपरितको कार्य भएकाे वताएकाे छ ।

उक्त युवाले पालिकाको गाडी दुरुपयोग बारे सामाजिक संजालमा गरेको टिप्पणी गलत भएको भए कानूनी उपचार लिनु पर्ने ठाउँमा पालिका मै कुटपिट गर्नु गराउनुले पछि उसको गाउँका केही मानिस बिच पालिका मै झडप समेत हुने स्थिति सृजना हुनु दुखद र नेतृत्वमा रहेका जनप्रतिनिधिको राजनैतिक सुझबुझको कमी भएकाे युवा संघकाे ठहर छ ।

गाउँपालिका अध्यक्ष, निजका भाइ र कार्यकर्ताबाट कुटिएका गिरीलाइ प्रहरीले आफ्नो नियन्त्रणमा लिइ दिउँसो पालिकामा भएको घटना शान्त पारि सके पछि फेरी साझ पिडित कै गाउँ बलुवा मै सरकारी गाडी, निजी गाडी र मोटर साइकलमा दलबलका साथ पालिकाध्यक्ष सहितको टोली आइ फेरी गाउँले संग झडपको अवस्था सृजना गर्नु, सवारी साधन टोडफोड हुनु र प्रहरी पुग्ना साथ गाउलेहरु हटे पछि आफ्नै कार्यकर्ता लगाएर सरकारी गाडी संगै रहेको निजी पुरानो गाडी तानेर अलग लगि आगजनी गरिएकाे जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

युवा संघले सो घटना स्थल मै नभएका व्यक्तिहरु समेतको नाम राखी मुद्दा दर्ता भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएकाे छ ।

दुबै घटना स्थल मध्ये कही पनि नभएका पर्सा क्षेत्र न ३ “क” बाट जसपाका प्रदेश सभा सदस्य पदका सम्भावित उम्मेदवार तथा असल छवि भएका युवा प्रमोद कुमार जयसवाल समेतलाइ जनसम्पर्कबाट रोक्न र चुनावी कार्यक्रमलाइ प्रभावित गर्न यस घटनामा मुछ्ने प्रयास भै रहेको जनाउँदै यो घटना योजनाबद्ध रुपमा नियतबश भएको देखिएकोले घटनाको मूल कारणमा पुगि सत्यतथ्य पता लगाइ मात्र दोषीलाइ कार्यवाही गर्न युवा संघले माग गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

लन्डन । बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै...

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ। उड्डयन...

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।...