Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

गुण्डागर्दी शैलीमा जिएचपीले दुर्व्यवहार गरेकै हाे : संघर्ष समिति

spot_img
spot_img

वीरगंज । अभिभावक संघर्ष समिति वीरगंजले आइतबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै हाम्रा जायज मागहरु समाधान नभए सम्म आन्दाेलन जारी राख्ने जनाएकाे छ । 

संघर्ष समितिले विगत केही महिना देखी विभिन्न निजी विद्यालयहरुले चर्को शुल्क वृद्धि, पोसाकमा कमिशन, पाठपुस्तकमा कमिशन, शिक्षण शुल्क लगायत उच्च आदालतको फैसला विरुद्ध हरेक वर्ष वार्षिक शुल्क सहित अन्य नियम विपरितका शुल्कको विरोधमा मागहरु राखी चरणबद्ध तरिकाले आन्दोलन गर्दै आएकाे छ । 

संघर्ष समितिको आन्दोलनको क्रममा जिल्ला प्रशासन कार्यालयमा ध्यान आकर्षण सहित ज्ञापन पत्र मार्फत विभिन्न निजी स्कुलको समस्याहरुको बारेमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी समेत गराएकाे थियाे।

आन्दोलनका क्रममा वीरगंज महानगरपालिकाका नगर प्रमुख र शिक्षा माहाशाखाका प्रमुखले अभिभावक संघर्ष समितिसँग र विभिन्न निजी विद्यालयका सञ्चालकहरु संग असार ३१ गते पहिलो चरणको बार्ता पनि गरेकाे थियो । महानगरपालिकाले वार्ताकाे क्रममा संघर्ष समितिले उठाएको जायज माँगहरु एक महिना भित्र सम्बोधन गर्ने आश्वसन समेत दिएकाे थियाे ।

साेही क्रममा महानगरले शुल्क निर्धारण नगरेसम्म कुनै पनि निजी विद्यालयले शुल्क नलिने मौखिक निर्णय अनुरुप शुल्क नतिरेको बाहानामा कुनै विद्यार्थीलाई परिक्षामा सामेल नगराएको खण्डमा कडा करवाही गर्ने नगर प्रमुखको सचिवालयकाे निर्देशन विपरित  बीरगंजको जि.एच.पी. स्कुलले शुल्क नतिरेकाे विद्यार्थीलाई परिक्षामा सामिल नगराएकाे गुनासाेकाे बारेमा वुझ्न विद्यालयमा पुग्दा विद्यालयले संघर्ष समितिका पदाधिकारीलाई दुर्व्यवहार गरेकाे संघर्स समितिका अध्यक्ष संदिप कुमार साहले वताए ।

पत्रकार सम्मेलनमा वाेल्दै अध्यक्ष साहले जि.एच.पी. स्कुलका विद्यार्थीहरुलाई परिक्षामा सामिल नगराएको सम्बन्धमा बुझ्न जाँदा अभिभावक संघर्ष समिति पदाधिकारीहरुसँग विद्यालयका सञ्चालिका रोमी कौर तथा त्याँहाका कार्यारत शिक्षक, गेटपालेले गुन्डागर्दी शैलीमा दुरव्यवहार गरेको भिडियो समाजिक सञ्जालमा छ्याप छ्यापी देखिएकाे वताए ।

दुर्व्यवहारकाे विराेधमा संघर्ष समितिले वीरगंजकाे घण्टाघरमा विरोध प्रदर्शन समेत गरेका अध्यक्ष साहले जानकारी गराए । उनले संघर्ष समिति विरुद्ध सड्यन्त्र गर्नेहरुको पर्दा फास गर्दै अघि बढने तथा हाम्रा जायज मागहरु सामाधान नभएसम्म कडा भन्दा कडा आन्दोलन गर्ने जानकारी गराए ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे पत्रकार सम्मेलनमा संघर्ष समितका सचिव बिरेन्द्र साह, सह सचिव मुन्ना सम्मानी, काेषाध्यक्ष कन्हैयालाल कुर्मी, सदस्य सिन्दु साह, धिरेन्द्र तिवारी, जिएचपीमा अध्ययनरत विद्यार्थीहरुका अभिभावक नन्दलाल राैनियार, हरिन्द्र गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...