Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज रक्सौलको मुख्यनाकाबाट धुलोजन्य पदार्थ ढुवानीमा रोक, स्थानिय हर्षित

spot_img
spot_img

वीरगंज । अव्यवस्थित कच्चा पदार्थको ढुवानीबाट सास्ती खेप्दै आएका स्थानियलाई अब राहत हुने भएको छ । औद्योगिक कच्चा पदार्थ आइरन ओर, सिमेन्ट, कोईला, जिम्सम, स्लेग रक्सौलसम्म रेलमा र त्यसपछि ट्रकबाट वीरगंज रक्सौल नाका हुँदै नेपाल ल्याउँने गरिएको थियो ।

अव्यवस्थित रुपमा ढुवानी गर्दा बाटोमा हिड्ने बटुवा देखि स्थानियले समेत यसबाट प्रभावित हुदै आएका थिए । तर अब यो समस्याबाट स्थानियलाई राहत हुने भएको छ । रक्सौल ल्याण्ड कस्टम (एलसीएस) को डेपुटी कमीसनर पिंकी कुमारीले एक सूचना जारी गर्दै १ जुलाई २०२२ अर्थात यहि असार १७ गते देखि वीरगंज रक्सौलको मुख्यबजार क्षेत्रबाट यी कच्चा पदार्थ ढुवानीमा रोक लगाएकी छन ।

उनले जारी गरेको सूचनामा १ जुलाईदेखि रक्सौलस्थित रेल्वे साइडिङमा आउने सामान रक्सौल बोर्डर (मितेरी पुल) मार्फत नेपाल निर्यातमा रोक लगाउने उल्लेख छ । अबदेखि रक्सौलको मुख्य बजारबाट आईसीपी रक्सौल हुँदै नेपाल लैजानुपर्ने उनको भनाई छ । त्यसका लागि पनि राति ९ बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ ।

बजारक्षेत्रबाट ढुवानी हुँदा स्थानियले बर्षोदेखि सास्ती खेप्दै आए पनि अब केहि राहत हुने भएको छ । वर्षौंदेखि रक्सौलको रेल्वे साइडिङमा नै धुलोजन्य औद्योगिक कच्चा पदार्थ आयात भइरहेको थियो । रक्सौल ल्याण्ड कस्टम र वीरगञ्ज भन्सार कार्यालय मार्फत जाँचपास भई सोही रुट भएर ढुवानी हुँदै वीरगंज ल्याइन्थ्यो र देशका विभिन्न स्थानमा पठाउने गरिएको थियो ।

अबदेखि धुलोजन्य पदार्थको ढुवानी र भन्सार जाँचपास रक्सौल लक्ष्मीपुर र श्रीसियाको एकीकृत जाँच चौकी (आईसीपी) मार्फत मात्र गर्न पाइने भएको छ । मितेरीपुल नजिकै अव्यस्थित रुपमा आईरन ओर, सिमेन्ट क्लीन्कर, जिम्सम स्टोरका कारण वीरगन्ज रक्सौल ओहोरदोहोर गर्ने सबभन्दा बढी प्रभावित हुँदै आएका थिए ।

ओभरलोडका कारण मुख्य सडक बाईपास रोडमा समेत ठाउँठाउँमा भत्केको छ । हावाहुरी आउँदा नजिकै रहेको मानव वस्तीमा समेत यसको असर हुने गरेको थियो । यहाँसम्म जिम्सम ओसार्दा बाटो भरी खसाल्दै लगिन्थ्यो, घाम लागेको बेला त्यो धुँलो भएर उड्ने गरेको छ, जसले गर्दा साईकल, मोटरसाईकल, रिक्सा, टाँगा, टेम्पो लगायत खुल्ला सवारी साधनमा ओहोरहोदोर गर्नेको आँखामा समेत त्यसको धुँलो पर्ने गथ्र्यो, कतिको आँखा समेत खराब हुने गरेको थियो ।

आईसीपी बनेपछि औद्योगिक कच्चा पदार्थ आइरन ओर, सिमेन्ट, कोईला, जिम्सम, स्लेग वीरगन्ज रक्सौलबाट ओसार पसारमा रोक लगाउँन स्थानियले माँग गर्दै आएका थिए । वीरगंज ईनर्वाका लालदेव यादवले अव्यवस्थित रुपमा औद्योगिक कच्चा पर्दाथ ओसार पोसार गर्दा स्थानिय प्रभावित भएपछि यसलाई रोक्न लामो समयदेखि आन्दोलन गर्दै आएको बताए ।

लालदेव भन्छन, रक्सौल ल्याण्ड कस्टम (एलसीएस) को डेपुटी कमीसनर पिंकी कुमारीले गरेको आदेश स्वागत योग्य छ, हामी पुन आन्दोलनको तयारीमा थियो, विहानदेखि पानी परेका कारण छलफल गर्न सकिएको छैन, बिहिबार स्थानियको भेला गराएर वीरगंजकाे मुख्यबाटोबाट यसको ओसार पसारमा रोक लगाउँने बारे छलफल गरेर निर्णय लिनेछाैं ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...