Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

जसपा केन्द्रिय समितिको बैठक वीरगंजमा बस्ने

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालले दाेस्राे पटक जितेकाे मधेश प्रदेशकाे एक मात्र वीरगंज महानगरपालिकामा केन्द्रिय समितिको बैठक बस्ने भएको छ ।  

जसपा नेपालको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बिहिवार एक प्रेस नोट जारी गर्दै यहि असार २७ र २८ गते वीरगंजमा पार्टी केन्द्रिय समितिकाे बैठक बस्ने जानकारी गराएका हुन् ।

दुइ दिन सम्म चल्ने बैठकमा पार्टीको अवस्था, संगठन सुदृढिकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पुर्व तयारीका लागि रणनीति विषयमा छलफल र निर्णय हुने वताइएकाे छ । बैठक स्थल बारे हाल सम्मकाे निर्णय नभएकाे जसपा पर्साका सचिव तबरेज अहमदले वताए ।

केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा पार्टीका पदाधिकारी र केन्द्रिय कार्यकारीणी सदस्यहरु सहभागी हुने उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...