Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्रेस मंच पर्सा शाखा विस्तार गर्न समन्वय समिति गठन

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा प्रेस मंच नेपालको संगठन विस्तार गर्न समन्वय समिति गठन गरिएको छ । विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई गोलबद्ध गराउँदै उनीहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यका साथ समिति विस्तार गर्न लागिएको वताइएकाे छ ।

मंचका केन्द्रीय उपाध्यक्ष विरेन्द्र साहको संयोजकत्वमा ५ सदस्यीय समन्वय समिति गठन भएको हाे । जुन समितिका सनी महतो, आविद हुसेन, दिपेन्द्र चौधरी, बलिराम यादव रहेका छन् ।

समितिले प्रेस मंचमा आवद्ध हुन चाहने सबैलाई समेटेर भेला आयोजना गरी जिल्ला कार्यसमिति पुनः गठन गर्ने नर्णय गरेको छ । साथै सदस्यता थप गर्न अभियान चलाउने निर्णय पनि गरेको छ ।

बुधबारको बैठकले मंचको कार्यालय वीरगञ्ज ३ छपकैयाँमा संचालन गर्ने निर्णयका साथै जिल्लामा जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

मंचकाे बैठकमा किरण सत्याल, प्रेमचन्द्र सर्राफ, बलिराम यादव, त्रिलोकीनाथ यादव, अब्दुल कैस, संजय प्रसाद कुशवाहा, राकेश चौरसिया, जाकिर हुसेन, पिंकी सर्राफ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...