Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

प्रेस मंच पर्सा शाखा विस्तार गर्न समन्वय समिति गठन

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा प्रेस मंच नेपालको संगठन विस्तार गर्न समन्वय समिति गठन गरिएको छ । विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई गोलबद्ध गराउँदै उनीहरुको क्षमता अभिबृद्धि गराउने उद्धेश्यका साथ समिति विस्तार गर्न लागिएको वताइएकाे छ ।

मंचका केन्द्रीय उपाध्यक्ष विरेन्द्र साहको संयोजकत्वमा ५ सदस्यीय समन्वय समिति गठन भएको हाे । जुन समितिका सनी महतो, आविद हुसेन, दिपेन्द्र चौधरी, बलिराम यादव रहेका छन् ।

समितिले प्रेस मंचमा आवद्ध हुन चाहने सबैलाई समेटेर भेला आयोजना गरी जिल्ला कार्यसमिति पुनः गठन गर्ने नर्णय गरेको छ । साथै सदस्यता थप गर्न अभियान चलाउने निर्णय पनि गरेको छ ।

बुधबारको बैठकले मंचको कार्यालय वीरगञ्ज ३ छपकैयाँमा संचालन गर्ने निर्णयका साथै जिल्लामा जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।

मंचकाे बैठकमा किरण सत्याल, प्रेमचन्द्र सर्राफ, बलिराम यादव, त्रिलोकीनाथ यादव, अब्दुल कैस, संजय प्रसाद कुशवाहा, राकेश चौरसिया, जाकिर हुसेन, पिंकी सर्राफ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...