Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सवारी दुर्घटनामा घाइते भएका वीरगंज २४ का वडा सदस्य यादवकाे निधन

spot_img
spot_img

वीरगंज । सवारी दुर्घटनामा परि घाइते भएका वीरगंज महानगरपालिकाकाे वडा नं. २४ का वडा सदस्य ३७ बर्षिय कृष्ण कुमार यादव (सन्त) काे मंगलबार राति निधन भएकाे छ । 

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा सवारी दुर्घटना परी घाइते भएका यादवकाे निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना रहेका यादवलाई मंगलबार राति थप उपचारकाे लागि काठमाडाैं लग्ने क्रममा बाटाे मै निधन भएकाे थियाे ।
 
यादव जनता समाजवादी पार्टी (जसपा) बाट स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित भएका थिए ।
 

वीरगंज महानगरपालिकाकाे कार्यपालिका सदस्यको निर्वाचनकाे दिन मकवानपुरबाट वीरगंज आउने क्रममा यादवसहित आधा दर्जन नवनिर्वाचित जनप्रतिनिधिहरु सवारी दुर्घटनामा परी घाइते भएका थिए । 

कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ आउँदै गरेको ना ४ च ६४३६ नम्बरकाे बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

चुनाव नजिकिँदै धोबीनीमा आश्वासनको बाढी, जनताको प्रश्न : विगतको हिसाब खोइ ?

चुनाव नजिकिँदै जाँदा धोबीनी गाउँपालिकाको भलो चाहने, विकास गर्ने र जनताको सेवामा समर्पित हुने भन्दै विभिन्न आश्वासन बाँड्नेहरूको भीड बढ्न थालेको छ । जनताको...

जगरनाथपुरको छोट्की पिडारीमा १० लाखको लागतमा छठघाट निर्माण सुरु

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, छोट्की पिडारीमा व्यवस्थित छठघाट निर्माण कार्य सुरु गरिएको छ। बुधबार गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले हिन्दु धार्मिक परम्पराअनुसार पूजापाठ गरी छठघाट...

वीरगञ्ज भन्सारले असोजमा लक्ष्यभन्दा २६ करोड बढी राजस्व उठायो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले गत असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले असोजमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ...