Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सलमान खानको नयाँ फिल्ममा १० जना नायिका

spot_img
spot_img

आजकाल सलमान खानको प्रोजेक्टको कास्टिङको विषयमा थुप्रै जानकारी सार्वजनिक भइरहेका छन् । हालै ‘कभी ईद कभी दिवाली’ को कास्टिङ टाइमलाइनबारे नयाँ अपडेट दिइएको थियो । अब नायकको फिल्म नो इन्ट्री टु को कास्टिङमा पनि धेरै नै ट्विस्ट देखिएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार फिल्ममा साउथका शीर्ष नायिकाले स्थान पाउने छन् ।

नो इन्ट्रीमा कसको हुनेछ इन्ट्री ?

सलमान खानको फिल्म ‘नो इन्ट्री टु’ मा साउथका नायिकाको मुख्य भूमिका हुने बताइएको छ । टाइगर थ्रीपछि सलमान खान फिल्म नो इन्ट्री टुको सुटिङ गर्ने स्रोतले बताएको छ । बलिउड लाइफले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको छ – साउथका ठूला नाम – जस्तै रश्मिका मन्दाना, समान्था रुथ प्रभु, पूजा हेगडे, तमन्ना भाटिया नो इन्ट्रिको सिक्वलका लागि शीर्ष स्थानमा छन् । फिल्ममा १० नायिका हुनेछन् । साउथका अभिनेत्रीहरुलाई फिल्ममा महत्वपूर्ण भूमिका प्रदान गरिने चर्चा छ ।’

साउथकी नायिका रश्मिका मन्दाना पुष्पा फिल्मपछि धेरै नै चर्चामा आएकी हुन् । उनी मिशन मजनू र गुडबायमा काम गरिरहेकी छिन् । समान्थाको गीत ओ ओ अन्ताभा हाल असाध्यै चर्चित बनेको छ । उनी फेमिली म्यान टु मा पनि देखिएकी थिइन् । पूजा हेगडे र तमन्ना भाटिया त धेरैजसो चर्चित साउथ फिल्ममा देखिन्छन् । अब साउथकी यी चर्चित नायिकामध्ये सलमान खानको फिल्मका लागि को फाइनल हुन्छन्, त्यो भने केही समय पछि मात्रै थाहा पाइने भारतीय सञ्चार माध्यमले बताएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...