Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नापी कार्यालयका बिचाैलिया एक लाख घुस रकमसहित रंगे हात पक्राउ

spot_img
spot_img

वीरगंज । नापी कार्यालय पर्सा, वीरगंजका एक जना बिचाैलिया एक लाख २५ हजार घुसकाे रकमसहित रंगे हात पक्राउ परेका छन् ।  निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिदै आएकाे वीरगंज १३ मुर्ली निवासी ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे प्रहरी टोलीले वीरगंजको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैया लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आई रहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनु पर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

अभियुक्तलाई ठगी कसुरमा कारवाही अगाडी बढाईने प्रहरी उपरीक्षक बस्नेतले बताए । नापी कार्यालयका कर्मचारीको मिलोमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेको र उनि मार्फत नापी कार्यालय आउने सेवाग्राहीलाई अवैध रकम दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेकाे संचारकर्मीहरुको टोली घटना बारे बुझ्न नापी कार्यालयमा पुगेपछि कर्मचारीहरुले पिडितको लालपुर्जा तत्काल उपलब्ध गराएका थिए । यसले सरकारी पोशाकमै विचौलिया राखेर नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग रकम असुल्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...