Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

नापी कार्यालयका बिचाैलिया एक लाख घुस रकमसहित रंगे हात पक्राउ

spot_img
spot_img

वीरगंज । नापी कार्यालय पर्सा, वीरगंजका एक जना बिचाैलिया एक लाख २५ हजार घुसकाे रकमसहित रंगे हात पक्राउ परेका छन् ।  निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिदै आएकाे वीरगंज १३ मुर्ली निवासी ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे प्रहरी टोलीले वीरगंजको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैया लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आई रहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनु पर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

अभियुक्तलाई ठगी कसुरमा कारवाही अगाडी बढाईने प्रहरी उपरीक्षक बस्नेतले बताए । नापी कार्यालयका कर्मचारीको मिलोमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेको र उनि मार्फत नापी कार्यालय आउने सेवाग्राहीलाई अवैध रकम दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेकाे संचारकर्मीहरुको टोली घटना बारे बुझ्न नापी कार्यालयमा पुगेपछि कर्मचारीहरुले पिडितको लालपुर्जा तत्काल उपलब्ध गराएका थिए । यसले सरकारी पोशाकमै विचौलिया राखेर नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग रकम असुल्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...