Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

निजि विद्यालयहरुकाे मिलाेमताेमा पुस्तक पसलहरु अभिभावकलाई ठग्दै

spot_img
spot_img

वीरगंज । वीरगंजका नाम चलेका निजि विद्यालयहरुकाे मिलाेमताेमा पुस्तक पसलहरु अभिभावकहरुलाई ठग्दै आएका छन् । प्रत्येक नयाँ शैक्षिक सत्रमा निजि विद्यालयहरुले पाएक पर्ने पुस्तक पसलहरुसंग लाखाैंकाे डिल गर्ने गरेका छन् । जिसकाे मार अभिभावमाथी पर्ने गरेकाे छ ।

वीरगंजका गाैतम, जिएचपि, दिल्ली पब्लिक, ग्यान्दा, केदेम्बरी, साउथजाेन लगायतका निजि विद्यालयहरु गणेश पुस्तक पसल, पुजा पुस्तक पसल, लक्ष्मि पुस्कत पसल लगायतका पुस्तक पसलहरुसंग लाखाैकाे डिल गर्ने गरेका छन् । यी पुस्तक पसलहरुले आफ्नाे पसलबाट पुस्तकहरु लिन विद्यार्थी संख्याकाे आधारमा ५ लाखदेखि १० सम्म दिने गरेका छन् ।

अभिभावले आफु पाएक पर्ने पसलबाट किताब किन्नु पर्नेमा विद्यालयहरुले भने कै पुस्तक पसलहरुबाट किन्नु पर्ने बाध्यता रहेकाे छ ।विद्यालयहरुले कमिशन कै लागि प्रत्येक बर्ष प्रत्यक कक्षाकाे नयाँ पुस्कहरु लागु गर्ने गरेका छन् । नयाँ पुस्तकहरुकाे नमावली कमिशन लिएका पुस्तक पसलहरुलाई मात्र उपलब्ध गराउने गरेका छन् ।

कतिपै मुल्य विना कै पुस्तकहरु मनपरी ढंगले मुल्य लिएर समेत बिक्री गर्ने गरेका छन् । सरकारी नियम अनुसार सबै पुस्तकमा अनिवार्य रुपमा मुल्य हुनु पर्नेमा नुना पब्लिसर एण्ड डिस्ट्रिव्युटर प्रा.लि. काठमाडौंद्वारा प्रकाशित पुस्तक वीरगंजस्थित गणेश पुस्तक भण्डारमा मुल्य बिना कै बिक्री भइरहेकाे फेला परेकाे छ ।

वीरगंजका लागि अधिकृत बिक्रेता गणेश पुस्तकमा साे प्रकाशनको पुस्तकहरुमा बिक्रि मुल्य समेत उल्लेख गरिएको छैन् । वितरकले आफु खुशी आफ्नो भण्डारको नामको अलगबाट झोलामा एक सेटको पुस्तकको मुल्य छापेर अभिभावकहरुसँग मनपरी मुल्य असुली गरि रहेको छ ।

नुना प्रकाशनको पुस्तक स्कुलमा लगाई दिनको लागि भण्डारले बिधार्थी संस्थाको अधारमा एउटा स्कुलका प्रिन्सिपलका ५ लाख देखि १० लाख सम्म कमिसन दिएको नाम नछापर्ने सर्तमा एक जना पुस्तक व्यवासायीले बताएका छन् । यो धन्दा भण्डारले बिगत लामो समय देखि गर्दै आएको भएपनि शैक्षिक सत्र २०७८/०७९ को लागि बिक्रि वितरण गरेको पुस्तकमा अभिभावकहरुसँग साविक भन्दा बढी मुल्य असुली कालो धन कमाएको छ ।

अभिभावक ठगी प्रकरणमा जिल्ला स्थित अनुगम समितिका पदाधिकारीहरुले चुपी साधेको अभिभावकहरुको भनाई छ ।

यसरी मनपरी चर्को मुल्य ठोकी वितरकहरुले करौडोको गठी गरी रहदा नियमन निकाएको मौनतालाई अभिभावकहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । सरकारले तीन बर्षमा एक पटक पुस्तक परिवर्तन गर्न भनेको भएपनि पब्लिकेशनहरुले त्यसको धज्जी उडाउँदै आएको छ । पुस्तकमा थाह नपाउने गरी समान्य परिवर्तन गरी नुना प्रकाशनले हरेक बर्ष पुस्तक परिपर्तन गर्दै आएको स्रोतको दावी छ ।

गणेश पुस्तक भण्डारले कतिपय स्कुलहरुलाई बिधार्थी संख्याको अधारमा हरेक कक्षाको किताब सेट झोलामा प्याक गरी पठाएका छन् । यसरी पठाइएको पुस्तकहरु स्कुलबाटै बिक्रि वितरण हुने गरेको छ । समान्यता बाहिरको पसलमा खरिद गर्दा स्टेशनरी पसलेहरुले एउटा कितावमा १० देखि २० प्रतिशत सम्म छुट दिने गरेका छन् । तर स्कुलमा खरिद गर्दा एक पैसाको छुट लिन मुश्किल रहेको अभिभावकहरुको भनाई छ ।

नुना पब्लिसरको पुस्तक बिद्यासंदन मावि मुर्ली., होलीएन्जल स्कुल मुर्ली, माउण्ट हरमण प्रसौनी विर्ता, चिल्ड्रेन वल्र्ड मा.वि. श्रीपुर लगायतको स्कुलहरुलाई लगाइएको छ । पुस्तक अभिभावकले कहीबाट खरिद गरेपनि स्कुलको बिधार्थी संख्याको अधारमा प्रिन्सिपललाई कमिसन अफिसमै पुग्ने गरेको छ ।

यसैगरी वीरगंजकाे रानीघाटस्थित रहेकाे न्यु पुजा पुस्तक भण्डारले तोकेको मुल्य भन्दा बढी दाममा पुस्तक बिक्रि वितरण गरी लाखौ रुपैयाको ठगी गरिरहेकाे पाइएकाे छ । नयाँ शैक्षिक सत्रको बेलामा निजि स्कुलका संचालक तथा प्रिन्सिपलहरुलाई आर्थिक प्रलोभनमा पारी भण्डारले पुस्तकहरु परिवर्तन गर्ने गरेको तथा अभिभावकहरुसँग मनलाग्दी रकम असुली गर्ने गरेको छ ।

नयाँ शैक्षिक सत्र शुरु भएको बेला देखि नै भण्डारले एमआरपी बिनाका पुस्तकहरु बिक्रि बितरण गरी अभिभावकलाई ठगी गरेको छ ।

नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुर प्रकाशक रहेको तथा जनक शिक्षा समाग्री केन्द्र लि. मुद्रक रहेको सरकारी समुदायिक बिद्यालयको पुस्तक पनि मुल्य भन्दा बढी दाममा भण्डार बिक्रि वितरण गरी रहेको अभिभावकहरुको भनाई छ ।

भण्डारले मुल्य नछापिएको पुस्तकहरु आफु खुशी मुल्य राखी बिक्रि गरीरहेको गुनासो गर्न थालेपछि न्यु पुजा पुस्तकमा ग्राहक बनेर पुगेकाे संचारकर्मीकाे टालीसँग पनि पसलले तोकेको मुल्य भन्दा बढी दाम लिएको थियो । समुदायिक बिद्यालयको कक्षा ९ काे नेपाली पुस्तकको सरकारी मुल्य १०९ रुपैया तोकिएकोमा भण्डारले १५० देखि १६० रुपैयामा बिक्री गरी रहेको छ । साे पुस्तक खरिदकाे बिल माग्दा पसलका संचालक दिन मानेका थिएन ।

त्यतीमात्र नभई भण्डारले निजि स्कुलमा दिने गरेका पुस्तकहरुमा पनि मुल्य नरहेको तथा आफुखुशी अभिभावकसँग रकम असुली गरी रहेको छ । भण्डार बिक्री गरी रहेको त्रिज्योती प्रकाशनको कितावहरु समेत एमआरपी नरहेको तथा आफ्नो पसलको नाममा झोला बनाई झोलामाथी मुल्य लेखेर आफ्नो अनुकुल रकम लिने गरेका छन् । भण्डारले बीरगंजमा बिक्रीका लागि सकार गरेको प्रकाशन समुहका पुस्तकहरु खासै गतिलो नरहेको भएपनि स्कुलका संचालक तथा प्रन्सिपलहरुलाई मोटो रकम दिएर पुस्तक स्कुलहरुमा लगाउने गरेको छ ।

भण्डारले बिद्यार्थी संख्याको अधारमा ५ लाख देखि ठूला स्कुलका संचालकहरुलाई १० लाख सम्मको कमिसन दिने गरेको छ । एकजना पुस्तक एक जना शिक्षक अनुसार पुस्तकको व्यापार ठूलो आर्थिक भ्रष्टाचार रहेको भएपछि नियमन निकाय समेत आर्थिक प्रलोभनमा परी मौन वस्ने गरेकाे गुनासाे गरे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...

नारायणी अस्पताल विवाद चर्कियो : चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले नयाँ मोड लिएको छ । एकातर्फ...