Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पाेखरिया नगर कार्यपालिकामा कांग्रेस र एमालेका ४/४ जना विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगर कार्यपालिका सदस्यकाे निर्वाचनमा नेकपा एमालेका ४ जना र नेपाली कांग्रेसका ४ जना विजयी भएका छन् । ८ कार्यपालिका सदस्यका लागि बुधबार भएकाे निर्वाचनमा एमाले र कांग्रेसका ४/ ४ जना विजयी भएका हुन् ।

दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसका रामबचन महताे कंकर, अजय कुमार गुप्ता र एमालेका राधा साह कानु विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पाेखरियाले जनाएकाे छ । तिनै जनाले ४८/४८ मत ल्याएर विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी नेपाल सुशासन पार्टीका जादाेलाल महरा र राजेन्द्र महताे तत्वाले ४/४ मत पाएका थिए ।

महिला सदस्यमा कांग्रेसकी सिमा कुमारी पटेल, सलिमा खातुन, एमालेकी चुनी कुमारी देवी, तेतरी देवी तत्वा र सुगान्धी देवी कुर्मी विजयी भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । पांचै जना ४८/४८ मत ल्याएर विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी सुशासन पार्टीका उमा देवी चमइनले ४ मत पाएकी थिइन ।

कार्यपालिका सदस्यकाे निर्वाचनमा एमाले र कांग्रेसले तालमेल गरेकाे थियाे । ५२ मतदाता रहेकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा एमाले र कांग्रेससंग २४/२४ मतदाता रहेकाे थियाे भने सुशासन पार्टीसंग ४ मतदाता रहेकाे थियाे ।

सुरुमा कार्यपालिका सदस्यकाे निर्वाचन जित्न निर्णायक मानिएकाे सुशासन पार्टीसंग एमाले र कांग्रेस दुबैले सहकार्य गर्न खाेजेकाे थियाे । तर सुशासन पार्टीले दुबै दलसंग दुई दलित वा अल्पसंख्यक सदस्य र एक महिला सदस्य मागेका कारण सहमती हुन सकेकाे थिएन । पछि बराबर मतदाता रहेकाे कांग्रेस र एमाले आफै आधि/आधि (४/४ सिट) भाग बन्डा लगाउँदै सहमती गरेकाे थियाे ।

 पाेखरिया नगरपालिकामा नगर प्रमुख, उप प्रमुखसहित ५ वडाध्यक्ष एमाले र ४ वडाध्यक्ष कांग्रेस जितेकाे छ भने एक वडाध्यक्षमा सुशासन पार्टी जितेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...