Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पाेखरिया नगर कार्यपालिकामा कांग्रेस र एमालेका ४/४ जना विजयी

spot_img
spot_img

वीरगंज । पर्साकाे पाेखरिया नगर कार्यपालिका सदस्यकाे निर्वाचनमा नेकपा एमालेका ४ जना र नेपाली कांग्रेसका ४ जना विजयी भएका छन् । ८ कार्यपालिका सदस्यका लागि बुधबार भएकाे निर्वाचनमा एमाले र कांग्रेसका ४/ ४ जना विजयी भएका हुन् ।

दलित वा अल्पसंख्यक सदस्यमा कांग्रेसका रामबचन महताे कंकर, अजय कुमार गुप्ता र एमालेका राधा साह कानु विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पाेखरियाले जनाएकाे छ । तिनै जनाले ४८/४८ मत ल्याएर विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी नेपाल सुशासन पार्टीका जादाेलाल महरा र राजेन्द्र महताे तत्वाले ४/४ मत पाएका थिए ।

महिला सदस्यमा कांग्रेसकी सिमा कुमारी पटेल, सलिमा खातुन, एमालेकी चुनी कुमारी देवी, तेतरी देवी तत्वा र सुगान्धी देवी कुर्मी विजयी भएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । पांचै जना ४८/४८ मत ल्याएर विजयी भएका हुन् । उनीहरुका प्रतिस्पर्धी सुशासन पार्टीका उमा देवी चमइनले ४ मत पाएकी थिइन ।

कार्यपालिका सदस्यकाे निर्वाचनमा एमाले र कांग्रेसले तालमेल गरेकाे थियाे । ५२ मतदाता रहेकाे कार्यपालिका सदस्यकाे निर्वाचनमा एमाले र कांग्रेससंग २४/२४ मतदाता रहेकाे थियाे भने सुशासन पार्टीसंग ४ मतदाता रहेकाे थियाे ।

सुरुमा कार्यपालिका सदस्यकाे निर्वाचन जित्न निर्णायक मानिएकाे सुशासन पार्टीसंग एमाले र कांग्रेस दुबैले सहकार्य गर्न खाेजेकाे थियाे । तर सुशासन पार्टीले दुबै दलसंग दुई दलित वा अल्पसंख्यक सदस्य र एक महिला सदस्य मागेका कारण सहमती हुन सकेकाे थिएन । पछि बराबर मतदाता रहेकाे कांग्रेस र एमाले आफै आधि/आधि (४/४ सिट) भाग बन्डा लगाउँदै सहमती गरेकाे थियाे ।

 पाेखरिया नगरपालिकामा नगर प्रमुख, उप प्रमुखसहित ५ वडाध्यक्ष एमाले र ४ वडाध्यक्ष कांग्रेस जितेकाे छ भने एक वडाध्यक्षमा सुशासन पार्टी जितेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...