Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

कृषि औजार र चिनी मिल सञ्चालन भए आफ्नो घर सरकारलाई दिने सांसद श्रीवास्तवको घोषणा

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य विमल श्रीवास्तवले सरकारले वीरगंज चिनी मिल र कृषि औजार कारखाना सञ्चालन गरे आफ्नो नाममा भएको घर सरकारकाे नाममा गरिदिने घोषणा गरेका छन् ।

बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का सांसद श्रीवास्तवले बजेटमार्फत सरकारले वीरगंज चिनी मिल र कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा गरेकोमा स्वागत समेत गरे । 

उनले भने ‘यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चलन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति त होइन’, ‘मसँग पैसा पनि छैन । तर यो सञ्चालन भयो भने मेरो एउटा घर छ त्यो घर कि त सरकारकाे नाममा गर्दिन्छु कि त्यो बेचेर त्यस वापत आएक एक, डेढ कराेड दिने आजको सभामा प्रतिज्ञा गर्दछु ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

लन्डन । बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ। सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै...

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गर्नुभएको छ। उड्डयन...

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् ।...