Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

जगरनाथपुर गापा अध्यक्ष यादवले गरे पदभार ग्रहण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले साेमबार पदभार ग्रहण गरेका छन् । जिल्लाकाे सदरमुकाम वीरगंजस्थित जिल्ला समन्वय समितिकाे कार्यालयमा जिल्ला भरिका पालिका प्रमुखहरुकाे भएकाे सपथ ग्रहण कार्यक्रममा सपथ ग्रहण गरे पश्चात गाउँपालिका पुगेर अध्यक्ष यादवले पदभार समेत ग्रहण गरेकाे प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले वताए ।

पदभार ग्रहण गर्दै अध्यक्ष यादवले पहिलाे निर्णय वडा नं. ५ मसिहानीमा ल्याब र एक्स्रे मसिन संचालन गर्ने निर्णण गरेकाे उनले जानकारी गराए । 

त्यसपछि बाेल्दै यादवले आफ्नाे पहिलाे प्राथमिकता शिक्षा भएकाे वताए । उनले गाउँपालिका अन्तर्गतकाे सामुदायिक विद्यालयकाे अवस्था लथालिङ रहेकाे वताउँदै त्यसलाई सब भन्दा पहिला सुधार गरिने वताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष यादवले आफ्नाे दाेस्राे प्राथमिकता स्वास्थ्य हुने वताए । गाउँपालिका अन्तर्गतकाे स्वास्थ्य संस्थाहरुकाे अवस्थामा सुधार गर्दै बर्थिङ सेन्टर संचालन गर्ने आफ्नाे याेजना रहेकाे वताए ।

यसका साथै सामाजिक सुरक्षा भत्ताहरु बैंकीङ सेवा मार्फत माेबाइल बैंकिङकाे सेवाले घर घरमा पुर्याउन आफुले प्रयास गर्ने अध्यक्ष यादवले वताए ।

साे अवसरमा गाउँपालिका उपाध्यक्ष बबिता सिंह, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, विहारी महताे नुनिया, लेखापालद्वय संजय पटेल, संदेश कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...