Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

जगरनाथपुर गापा अध्यक्ष यादवले गरे पदभार ग्रहण

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले साेमबार पदभार ग्रहण गरेका छन् । जिल्लाकाे सदरमुकाम वीरगंजस्थित जिल्ला समन्वय समितिकाे कार्यालयमा जिल्ला भरिका पालिका प्रमुखहरुकाे भएकाे सपथ ग्रहण कार्यक्रममा सपथ ग्रहण गरे पश्चात गाउँपालिका पुगेर अध्यक्ष यादवले पदभार समेत ग्रहण गरेकाे प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले वताए ।

पदभार ग्रहण गर्दै अध्यक्ष यादवले पहिलाे निर्णय वडा नं. ५ मसिहानीमा ल्याब र एक्स्रे मसिन संचालन गर्ने निर्णण गरेकाे उनले जानकारी गराए । 

त्यसपछि बाेल्दै यादवले आफ्नाे पहिलाे प्राथमिकता शिक्षा भएकाे वताए । उनले गाउँपालिका अन्तर्गतकाे सामुदायिक विद्यालयकाे अवस्था लथालिङ रहेकाे वताउँदै त्यसलाई सब भन्दा पहिला सुधार गरिने वताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष यादवले आफ्नाे दाेस्राे प्राथमिकता स्वास्थ्य हुने वताए । गाउँपालिका अन्तर्गतकाे स्वास्थ्य संस्थाहरुकाे अवस्थामा सुधार गर्दै बर्थिङ सेन्टर संचालन गर्ने आफ्नाे याेजना रहेकाे वताए ।

यसका साथै सामाजिक सुरक्षा भत्ताहरु बैंकीङ सेवा मार्फत माेबाइल बैंकिङकाे सेवाले घर घरमा पुर्याउन आफुले प्रयास गर्ने अध्यक्ष यादवले वताए ।

साे अवसरमा गाउँपालिका उपाध्यक्ष बबिता सिंह, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली प्रसाद कुशवाहा, सुभाष कुमार यादव, विहारी महताे नुनिया, लेखापालद्वय संजय पटेल, संदेश कुशवाहा लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...