Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

पर्साका १३ पालिकाका नवनिर्वाचित प्रमुखहरुले लिए सपथ

spot_img
spot_img

वीरगंज । पर्साका १३ पालिकाका प्रमुखहरुले सोमबार सपथ लिएका छन् । उनीहरुलाई पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सपथ दिलाएका थिए ।

वीरगञ्जस्थित जिल्ला समन्वय समिति पर्साको सभाहलमा सोमबार दिउँसो आयोजित शपथग्रहण समारोहमा ३ नगरपालिका र १० गाँउपालिाका नवनिर्वाचित प्रमुखहरुले शपथ लिएका हुन् ।

सपथ लिनेहरुमा पोखरिया नगरपालिकाका मेयर प्रधुम्न प्रसाद चौहान, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी, पकाहामैनपुर गाँपालिकाका अध्यक्ष सुरेस मेहता, कालिकामाइ गाँउपालिकाका अध्यक्ष बशीष्ट कुमार गुप्ता, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, धोबिनी गाँउपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी र ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ रहेका छन् ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत पौडेलले नव निर्वाचित जनप्रतिनिधिहरुले अब आगामी दिनमा राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई पनि संगसंगै हिँडाउनुपर्ने अवस्था आएको बताए ।

उनले यहाँहरु स्थानीय सरकार संचालनको नेतृत्वदायी भूमिकामा निर्वाचित भएर आउनु भएको छ, मुलुकमा संघीयता लागु भइसकेपछिको अवस्थामा यहाँहरु निर्वाचित भएर राजनीति संविधानवाद पार गरि कानूनी संविधानवादको चरणमा प्रवेश गर्नुभएकोले राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई पनि संगसंगै हिँडाउनुपर्ने अवस्था रहेको बताए ।

स्थानीय सरकारले पनि संविधान अनुसार कानून बनाउने जिम्मेवारी पाएको छ, र ति कानूनहरु संविधानसँग नबाझिने, संघीयसँग नबाझिने गरि कानून बनाई स्थानीय सरकारलाई सही तरिकाले संचालन गर्नुहोला, यहाँहरुले जनतासामु गरेका बाचाहरु पुरा गर्न सफल हुनुहोस् भन्दै ५ वर्षे कार्यकालको शुभकामना समेत दिएका थिए ।

शपथग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिपक खड्का, नेपाली सेनाको श्रीजंग गणका गणपति प्रमुख सेनानि जयराम थापा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, बिन्दवासिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राजु साह, पटेर्वा सुगाैली गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादव लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...