Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्साका १३ पालिकाका नवनिर्वाचित प्रमुखहरुले लिए सपथ

spot_img
spot_img

वीरगंज । पर्साका १३ पालिकाका प्रमुखहरुले सोमबार सपथ लिएका छन् । उनीहरुलाई पर्सा जिल्ला अदालतका प्रमुख न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सपथ दिलाएका थिए ।

वीरगञ्जस्थित जिल्ला समन्वय समिति पर्साको सभाहलमा सोमबार दिउँसो आयोजित शपथग्रहण समारोहमा ३ नगरपालिका र १० गाँउपालिाका नवनिर्वाचित प्रमुखहरुले शपथ लिएका हुन् ।

सपथ लिनेहरुमा पोखरिया नगरपालिकाका मेयर प्रधुम्न प्रसाद चौहान, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, विन्दवासीनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी, पकाहामैनपुर गाँपालिकाका अध्यक्ष सुरेस मेहता, कालिकामाइ गाँउपालिकाका अध्यक्ष बशीष्ट कुमार गुप्ता, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, धोबिनी गाँउपालिकाका अध्यक्ष मदन प्रसाद चौहान, छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता, जिराभवानी गाँउपालिकाका अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी र ठोरी गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ रहेका छन् ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत पौडेलले नव निर्वाचित जनप्रतिनिधिहरुले अब आगामी दिनमा राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई पनि संगसंगै हिँडाउनुपर्ने अवस्था आएको बताए ।

उनले यहाँहरु स्थानीय सरकार संचालनको नेतृत्वदायी भूमिकामा निर्वाचित भएर आउनु भएको छ, मुलुकमा संघीयता लागु भइसकेपछिको अवस्थामा यहाँहरु निर्वाचित भएर राजनीति संविधानवाद पार गरि कानूनी संविधानवादको चरणमा प्रवेश गर्नुभएकोले राजनीति संविधानवाद सहित कानूनी संविधानवादलाई पनि संगसंगै हिँडाउनुपर्ने अवस्था रहेको बताए ।

स्थानीय सरकारले पनि संविधान अनुसार कानून बनाउने जिम्मेवारी पाएको छ, र ति कानूनहरु संविधानसँग नबाझिने, संघीयसँग नबाझिने गरि कानून बनाई स्थानीय सरकारलाई सही तरिकाले संचालन गर्नुहोला, यहाँहरुले जनतासामु गरेका बाचाहरु पुरा गर्न सफल हुनुहोस् भन्दै ५ वर्षे कार्यकालको शुभकामना समेत दिएका थिए ।

शपथग्रहण समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिपक खड्का, नेपाली सेनाको श्रीजंग गणका गणपति प्रमुख सेनानि जयराम थापा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, बिन्दवासिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राजु साह, पटेर्वा सुगाैली गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादव लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...