Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रक्त संचार केन्द्रमा रक्त अभाव, ३० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । रक्त संचार केन्द्र वीरगंजमा साेमबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । रक्त संचार केन्द्रमा रक्त अभाव भएपछि साेमबार केन्द्रमा आफै आएर ३० जनाले रक्तदान गरेकाे नेपाल रेडक्रस साेसाइटी पर्साका राजन श्रीवास्तवले वताए ।

डा. निरज सिह, डा. सरोज राेशन दास, रोहित वर्णवाल, रबि श्रेष्ठ, सम्भु चौहान, सुदिप साह, दिपक साह, सन्तोष पासवान, जितेन्द्र चौहान, उपेन्द्र पटेल, उनेस कुमार शर्मा, सदाम हुसेन, रोशन गुप्ता, राजा गुप्ता, चन्दन सिंह लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

स्थानिय तह निर्वाचनमा राजनीतिक दलदेखि सामाजिक संघ संस्थाहरु व्यस्त हुँदा रक्तदान कार्यक्रम नभएर रक्तकाे अभाव भएको श्रीवास्तवले वताए । साथै उनले मतदान सक्किसकेको हुँदा अब रक्तदान गर्न समेत आग्रह गरे ।

हरेक ३/३ महिनामा रक्तदान गर्न स्वस्थ पनि भइने हुँदा रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने भ्रम हटाउनुपर्ने रक्त संचार केन्द्रका प्रमुख साैरभ राज पाण्डेले वताए । रगतको अभावलाई परिपुर्ती गर्नका लागि रक्तदान गर्न प्रमुख पाण्डेले आग्रह समेत गरे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...