Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

बहुदरमाईपछि जगरनाथपुरका अध्यक्ष मियाँले पनि फिर्ता गरे गाडी

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । अध्यक्ष मियाँले प्रयाेग गर्दै आएकाे बा २ झ ४२४४ नम्बरकाे हायलक्स गाडी फिर्ता गरेका हुन् ।

मंगलबार विहान मियाँले गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत एवम् जिन्सी शाखा प्रमुख उत्तम सिंहलाई गाडीकाे सांचाे हस्तान्तरण गरेका हुन् ।

आफुले नैतिकताकाे आधारमा चुनाव प्रचार प्रसारमा सरकारी गाडीकाे दुरुपयाेग नहाेस भन्ने उद्देश्यले गाडी बुझाएकाे अध्यक्ष मियाँले वताए ।

यस अघि साेमबार बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई फिर्ता गरेका थिए । साहले प्रयोग गर्दै आएको ना. १ झा १६६१ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन् । 

सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए । 

आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्ने साह पर्सा जिल्लाका पहिलो जनप्रतिनिधि हुन् । उनि पछि दाेस्राे नम्बरमा जगरनाथपुर गाउँपालिका अध्यक्ष मियाँले गाडी फिर्ता गरेका हुन् ।

तर अझै पनि जिल्लाको एक महानगरपालिका, दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुखिले प्रयाेग गर्दै आएकाे पालिकाकाे गाडी बुझाउन बाकी रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...