Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

चुनावी गठबन्धन भयाे भने काे बन्ला वीरगंजकाे मेयर ?

spot_img
spot_img

वीरगंज । अगामी स्थानिय तहकाे निर्वाचनकाे मिति नजिकिँदै गएकाे छ । बैशाख ३० गते हुने निर्वाचनकाे मनाेनयन दर्ता बैशाख ११ र १२ गते हुने भनिए पनि मधेश प्रदेशकाे एक मात्र महानगरपालिका वीरगंजकाे उम्मेदवार कुनै पनि राजनीतिक दलले अहिले सम्म टुंगाे लगाएका छैनन् ।

गत स्थानिय तहकाे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरम नेपाल र हालकाे जनता समाजवादी पार्टी (जसपा) बाट वीरगंज महानगरपालिकाकाे मेयरमा निर्वाचित विजय कुमार सरावगीले नेकपा एमालेमा प्रबेश गरेपछि यहाँकाे राजनीतिक वृत फेरिएकाे छ ।

अगामी निर्वाचनमा मेयरकाे टिकट कन्फर्म गरेर पार्टी प्रबेश गरेका कारण एमालेबाट वीरगंज महानगरकाे मेयरमा सरावगी नै उम्मेदवार हुने चर्चा छ । मेयरकाे उम्मेदवारमा एमालेबाट मेयर सरावगीकाे चर्चा रहे पनि उप मेयरमा हाल सम्म कसैकाे नाम चर्चामा सुनिदैन ।

निर्वाचित दल जसपाबाट भ्रखर केही दिन पहिला पार्टी प्रबेश गरेका राजेशमान सिंहकाे नाम चर्चामा रहेकाे छ । एमालेबाट मेयरमा चुनाव लडने एमाले प्रबेश गर्ने सहमती गरेका सिंह अघि मेयर सरावगी एमाले प्रबेश गरेपछि उनी जसपा प्रबेश गर्न पुगे । सिंह पनि जपसपाबाट अगामी निर्वाचनमा मेयरकाे टिकट कन्फर्म गरे प्रबेश गरेका कारण जसपाबाट मेयरकाे उम्मेदवार सिंह नै हुने चर्चा छ । 

पार्टी प्रबेश कार्यक्रममा केही नेताहरुले जसपाबाट वीरगंज महानगरकाे मेयरका उम्मेदवार सिंह नै हुने घाेषण गरे पनि पार्टीले हाल सम्म निर्णय गरेकाे छैन । जसपाबाट उप मेयरमा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य एवम् पार्टीका केन्द्रिय सदस्य प्रदिप यादवकाे श्रीमती पिंकी यादव चुनाव लडने चर्चा छ । 

गत बर्षकाे निर्वाचनमा दाेस्राे दल हुन पुगेका नेपाली कांग्रेसबाट पूर्व जिल्ला सभापति अजय द्विवेदी, संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा लगायतकाे नाम चर्चामा रहेकाे छ । यस अघिकाे निर्वाचनमा कांग्रेसबाट मेयरमा द्विवेदी चुनाव लडेका थिए । मेयरमा द्विवेदी वाहेकाे अरु कसैले टिकट पाए उप मेयरमा द्विवेदीकी श्रीमती सुस्मा तिवारी द्विवेदी चुनाव लडने पनि चर्चा छ ।

गत बर्षकाे चुनावमा तेस्राे दल हुन पुगेका लाेसपाबाट मेयरकाे उम्मेदवार जिल्ला अध्यक्ष पुरुषाेत्म झा हुने चर्चा छ । गत निर्वाचानमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) र हालका लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बाट मेयरकाे उम्मेदवार बन्न राजेशमान सिंह जसपा प्रबेश गरेपछि झाकाे नाम चर्चामा रहेकाे छ । लाेसपाबाट उप मेयरमा गत बर्षकाे निर्वाचनमा उप मेयरकाे उम्मेदवार बनेकी रम्भा मिश्रकाे नाम यस बर्ष पनि चर्चामा रहेकाे छ ।

नेकपा माओवादी केन्द्रबाट गत निर्वाचनमा उम्मेदवार भएका रहबर अन्सारी कै नाम चर्चामा छ । एमाले फुटेर नेकपा (एकीकृत समाजवादी) बन्नेका पार्टीबाट केन्द्रिय सदस्य चिरन्जवी अचार्य र महानगर अध्यक्ष मनाेज चाैधरीकाे नाम चर्चामा रहेकाे छ । चर्चा अनुसार यी दुई जना मध्ये एक जना कसैलाई पार्टी उम्मेदवार बनाउने छ । यी दुबै दलबाट मेयरकाे उम्मेदवारकाे चर्चा चले पनि उप मेयरकाे नामकाे चर्चा सुनिएकाे छैन ।

यहाँ रहेका मुख्य आधा दर्जन दलबाट विभिन्न व्यक्तिकाे नाम चर्चामा रहे पनि दलहरु विच चुनावी गठबन्धन भयाे भने याे अवस्था फेरिने निश्चित जस्ताे नै छ ।

दलहरु बिच चुनावी गठबन्धन भयाे भने 

स्थानिय तहकाे निर्वाचनमा पनि सतारुढ दलहरु बिच चुनावी गठबन्धन हुने सम्भावना रहेकाे छ । शिर्ष नेताहरुले भाषणकाे क्रममा वताए अनुसार देश भरकाे महानगरपालिकाहरु चुनावी गठबन्धन हुने सम्भावना बढी छ । 

सतारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा बिच चुनावी गठबन्धन भयाे भने वीरगंज महानगरपालिकाकाे मेयरमा एउटा दल र उप मेयरमा अक्राे दलले उम्मेदवारी दिने छन् । गठबन्धन भएकाे अवस्थामा वीरगंज महानगरपालिका हाल मेयर रहेका जसपाले पाउने बढी सम्भावना छ । 

गत बर्षकाे निर्वाचनमा जसपाले मेयर जितेका कारण त्यसलाई नै दिने गठबन्धनकाे भागभन्डा गर्ने आधार हुन सक्छ । जसपा वीरगंजलाई आफ्नाे भागमा लिएन भने कांग्रेस वा माओवादी केन्द्र मध्ये एकले पाउन सम्भावना रहेकाे एक राजनितिक जानकार व्यक्तिले वताए ।

उनका अनुसार जसपाले आफ्नाे भागमा बिराटनगर महानगरपालिकालाई लियाे भने वीरगंज कांग्रेसकाे भागमा पर्ने सम्भावना रहेकाे छ । कांग्रेसपछि माओवादी केन्द्रले पनि वीरगंजलाई आफ्नाे भाग लिने सम्भावना रहेकाे छ ।

बिराटनगर महानगरपालिकाकाे मेयरमा जसपाका अध्यक्ष उपेन्द्र यादवकाे छाेरा अर्मेन्द्र यादव चुनाव लडने चर्चा छ । त्यस कारण जसपाले आफ्नाे भागमा विराटनगरलाई लियाे भने वीरगंज अरु दलकाे भागमा पर्ने सम्भावना छ । 

त्यस्तै, माओवादी केन्द्रले भरतपुरलाई आफ्नाे भाग नलिएर वीरगंजलाई लिने सम्भावना रहेकाे एक नेताले वताए । ति नेताले माओवादी केन्द्र वीरगंजलाई आफ्नाे भागमा लिने आधार हालका भरतपुरका मेयर माेओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छाेराे संघिय सांसदमा चुनाव लडाएर मन्त्री बनाउने याेजना प्रस्तुत गरे ।

त्यसाे भएकाे खण्डमा गठबन्धनकाे तर्फबाट माओवादी केन्द्रकाे उम्मेदवार रहबर अन्सारी नै हुने ति नेताले वताए । अध्यक्ष प्रचण्डकाे विश्वास पात्र मानिएका अन्सारीलाई  वीरगंजकाे मेयर बनाएर पर्सामा माओवादी केन्द्रलाई बनाउने प्रचण्डकाे याेजना रहेकाे सुनाए ।

यस्तै, प्रतिपक्षि दल एमाले र लाेसपा बिच चुनावी गठबन्धन हुने पनि सम्भावना छ । त्यसाे भएकाे खण्डमा एमालेबाट मेयर र लाेसपाबाट उप मेयरकाे उम्मेदवारी दिने सम्भावना रहेकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...