Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा तस्करी बढ्याे, प्रहरी प्रशासन माैन

spot_img
spot_img

वीरगंज । पर्साकाे सिमा नाकाबाट हुने तस्करी बढेकाे छ । वीरगंजसहित ग्रामिण भेगकाे अधिकांश नाकाबाट पहिला भन्दा अहिले तस्करी बढेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

सिमा रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सिमा क्षेत्र अहिले व्यापक तस्करी बढेको हाे । सथानियहरुका अनुसार पर्सामा नयाँ प्रहरी प्रमुखमा रमेश कुमार बस्नेत आएपनि तस्करीको समान रोक्नुको साटो झन तस्करी फस्टाएको देखिन्छ ।

सिमामा खटिने सस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्ज तथा जिल्ला प्रहरी कार्यलय पर्साकाे क्राइम शाखा र सदा पोशाकका प्रहरीसंगकाे सेटिङमा तस्करीकाे लाइन खुलेकाे हाे ।

पर्साको सिमावर्ती वीरगंजकाे इनार्वा, श्रीसिया, अलाैं, विन्दवासिनीकाे झाैवा, इटियाही, अमरपटी, प्रसाैनी भाठा, पकहा मैनपुरकाे धाेरे, खेस्राहा, जगरनाथपुरकाे जानकीटोला, दसौता, पाडेपुर, छिपहरमाईकाे भिस्वा, भलुवहिया, मिर्जापुर, टिहुकी, चारगाहा लगायतकाे नाका भएर तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् । 

भारतीय बजार रक्साैल, भेलाही, सिकटा, मैनाटार, इनार्वा, प्रसुतीपुर बजारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी कै मिलोमतोमा कपडा, हार्डवेयरकाे सामान, कस्टमेटिक, रजनीगन्धा, राजनिवास, सुर्ती, चिनी, अण्डा, तेल, भाडाकुडा, कुखुराका चल्ला लगायतका भारतिय समानहरु नेपाल भित्री रहेका छन् ।

त्यसैगरि नेपालबाट भारत तर्फ डिजेल, पेट्रोल, केराउ, माेटर, सुपाडी, रक्सी, कबाडकाे सामान, ड्राम, युनिलिबर कम्पनीका कस्टमेटिक समान भरततर्फ निकासी भईरहेको छ । यस मध्ये सब भन्दा बढी पेट्राैलियम पदार्थकाे तस्करी भारत तर्फ भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

विशेष गरेर सांझ र विहानकाे समयमा तस्करी भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् । तस्करी बढे पनि तस्करी नियन्त्रणकाे मुख्य जिम्मेवारी रहेका सशस्त्र प्रहरीका प्रमुख एसपी राजेन्द्र खड्का पनि माैन देखिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...