Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्सामा तस्करी बढ्याे, प्रहरी प्रशासन माैन

spot_img
spot_img

वीरगंज । पर्साकाे सिमा नाकाबाट हुने तस्करी बढेकाे छ । वीरगंजसहित ग्रामिण भेगकाे अधिकांश नाकाबाट पहिला भन्दा अहिले तस्करी बढेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

सिमा रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सिमा क्षेत्र अहिले व्यापक तस्करी बढेको हाे । सथानियहरुका अनुसार पर्सामा नयाँ प्रहरी प्रमुखमा रमेश कुमार बस्नेत आएपनि तस्करीको समान रोक्नुको साटो झन तस्करी फस्टाएको देखिन्छ ।

सिमामा खटिने सस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्ज तथा जिल्ला प्रहरी कार्यलय पर्साकाे क्राइम शाखा र सदा पोशाकका प्रहरीसंगकाे सेटिङमा तस्करीकाे लाइन खुलेकाे हाे ।

पर्साको सिमावर्ती वीरगंजकाे इनार्वा, श्रीसिया, अलाैं, विन्दवासिनीकाे झाैवा, इटियाही, अमरपटी, प्रसाैनी भाठा, पकहा मैनपुरकाे धाेरे, खेस्राहा, जगरनाथपुरकाे जानकीटोला, दसौता, पाडेपुर, छिपहरमाईकाे भिस्वा, भलुवहिया, मिर्जापुर, टिहुकी, चारगाहा लगायतकाे नाका भएर तस्करी भइरहेकाे स्थानियहरुले वताएका छन् । 

भारतीय बजार रक्साैल, भेलाही, सिकटा, मैनाटार, इनार्वा, प्रसुतीपुर बजारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी कै मिलोमतोमा कपडा, हार्डवेयरकाे सामान, कस्टमेटिक, रजनीगन्धा, राजनिवास, सुर्ती, चिनी, अण्डा, तेल, भाडाकुडा, कुखुराका चल्ला लगायतका भारतिय समानहरु नेपाल भित्री रहेका छन् ।

त्यसैगरि नेपालबाट भारत तर्फ डिजेल, पेट्रोल, केराउ, माेटर, सुपाडी, रक्सी, कबाडकाे सामान, ड्राम, युनिलिबर कम्पनीका कस्टमेटिक समान भरततर्फ निकासी भईरहेको छ । यस मध्ये सब भन्दा बढी पेट्राैलियम पदार्थकाे तस्करी भारत तर्फ भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

विशेष गरेर सांझ र विहानकाे समयमा तस्करी भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् । तस्करी बढे पनि तस्करी नियन्त्रणकाे मुख्य जिम्मेवारी रहेका सशस्त्र प्रहरीका प्रमुख एसपी राजेन्द्र खड्का पनि माैन देखिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...