Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

थ्रेसरले च्यापीदा जगरनाथपुरका ८ वर्षीय बालकको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधवपुरमा धान झार्ने थ्रेसरले च्यापीदा एक बालकको मृत्यु भएको छ । स्थानिय भुटेश्वर साहका ८ वर्षिय छोरा ओमबाबु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो । उपचारको क्रममा राति साढे ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । 

शनिबार राति साढे ८ बजे ना ६ त ५०४५ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिदा ओमबाबु किचिएका थिए । 

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...