Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

नेकपा (एकिकृत समाजवादी) पर्साद्वारा संगठन विस्तारमा तिब्रता

spot_img
spot_img
वीरगंज । नेकपा (एकीकृत समाजबादी) पर्साले संगठन विस्तारलाई तिब्रता दिएकाे छ । जिल्ला कमिटीकाे सपथ ग्रहण र विभागिय जिम्मेवारी वाँडफाडपछि विभिन्न पालिकामा संगठन विस्तारमा नेताहरु जुटेका छन् ।
 
नेकपा एकिकृत समाजवादीकाे पकाहा मैनपुर गाउँपालिकामा शुक्रबार गाउँपालिका कमिटी गठन भएकाे छ । पकहा मैनपुर गाउँपालिकाको वडा नं. ४ लाहावरथकरीमा भएको गाउँ भेलाले मदन हजारा पासवानको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेकाे हाे ।
 
नव गठित कमिटीको उपाध्यक्षमा हमिद मियाँ, सन्तोष चौरसिया, सचीवमा रामसेवक पाण्डे, सह – सचीवमा रामप्रबेस राम, खुबलाल राम, सदस्यहरुमा सुखाडि महतो, साधु राम, कमरुल हाेदा मियाँ, श्यामबाबु ठाकुर, बदरी देवान, फाजनिती ठाकुर, दिलिप शर्मा, महेन्द्र पासवान, जाेखन साह, श्यामबाबु प्रसाद चाैरसिया, महेन्द्र कुशवाहा लगायतका रहेका छन् ।
 
पार्टीका जिल्ला कमिटी सदस्य प्रभु कुर्मीको अध्यक्षता र पार्टीका पर्सा अध्यक्ष बालगोपाल थापाकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा प्रदेश कमिटी सदस्य किशोरी कुशवाहा, जिल्ला सचिवालय सदस्यहरु बृजलाल पासवान, राघव साह, मोहन यादव लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमकाे संचालन हमिद मियाँले गरेका थिए ।
 
यस्तै, बहुदरमाई नगरपालिकाकाे वडा न. ४ मा नेकपा (एकिकृत समाजवादी) कमिटी शुक्रबार गठन भएको छ । बहुदरमाई नगरपालिकाकाे वडा नं. ४ स्थित बिश्रामपुरमा भएको वडा भेलाले चन्द्रिका प्रसाद कलवारको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
 
नव गठित कमिटी वडा कमिटीको उपाध्यक्षमा बिरेन्द्र यादव, सचिवमा डा. कमोद ठाकुर, सह-सचीवमा सन्जय कलवार र सदस्यहरुमा नवदिन राय भट, जितेन्द्र कुशवहा, ध्रुप सागर गुप्ता, भगवान साह तेलि, हेवन्ती देबी, फुलमती देबि, जितेन्द्र कुशवाहा, सन्जय साह रौनियार लगायतका रहेका छन् ।
 
उक्त भेलामा नेकपा एकिकृत समाजवादीकाे प्रदेश कमिटी सदस्य किशोरी कुशवहा, जिल्ला सचिवालय सदस्य एवं बहुदरमाइ नगरपालिका अध्यक्ष मोहन यदाव, सचिव ब्रहमदेव गुप्ता लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रमकाे संचालन डा. कमोद ठाकुरले गरेका थिए ।
 
यस अघि बहुदरमाई नगरपालिका र बिन्दवासिनी गाउँपालिकामा गाउँ कमिटी गठन भइसकेकाे छ । शनिबार सखुवाप्रसाैनी गाउँपालिकामा र वीरगंज महानगरपालिकाकाे वडा नं. १७ र २१ मा कमिटी गठन गर्ने कार्यक्रम रहेकाे जिल्ला कमिटीका सचिवालय सदस्य बृजलाल पासवानले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...