Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

इलाका प्रहरी कार्यलय भेडियाकाे भवन मन्त्री साहद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको भवन उद्घाटन प्रदेश नं‍. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले गरेका छन् ।

नवनिर्मित भवनकाे उद्घाटन गर्दै मन्त्री साहले प्रहरीकाे सुरक्षित आवासकाे जिम्मेवारी प्रदेश सरकारकाे भएकाे वताए । उनले भने “प्रहरी प्रसासनको ब्यवस्थीत कार्यलाय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरु मध्यको एक रहेको छ । हामी प्रदेश २ का सम्पुर्ण प्रहरी प्रसासनको कार्यलय एवम् आवास व्यवस्थीत गर्न प्रतिबद्ध छौं ।”

भवन उद्घाटन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण, प्रदेश सांसद पसमिना कादरी, दिलिप साह, फुलिया देबी सादा, पूर्व सांसद अमर मण्डल, फुलिया देबी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरिक्षक चिरन्जिवी प्रसाद महताे लगायतले मन्तव्य राखेका थिए ।

५ कराेड १३ लाखमा इलाका प्रहरी कार्यालयकाे साढे ३ तल्ले भवन निर्माण भएकाे मन्त्री साहका सवकिय सचिव विजय यादवले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...