Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

इलाका प्रहरी कार्यलय भेडियाकाे भवन मन्त्री साहद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको भवन उद्घाटन प्रदेश नं‍. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले गरेका छन् ।

नवनिर्मित भवनकाे उद्घाटन गर्दै मन्त्री साहले प्रहरीकाे सुरक्षित आवासकाे जिम्मेवारी प्रदेश सरकारकाे भएकाे वताए । उनले भने “प्रहरी प्रसासनको ब्यवस्थीत कार्यलाय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरु मध्यको एक रहेको छ । हामी प्रदेश २ का सम्पुर्ण प्रहरी प्रसासनको कार्यलय एवम् आवास व्यवस्थीत गर्न प्रतिबद्ध छौं ।”

भवन उद्घाटन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण, प्रदेश सांसद पसमिना कादरी, दिलिप साह, फुलिया देबी सादा, पूर्व सांसद अमर मण्डल, फुलिया देबी, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरिक्षक चिरन्जिवी प्रसाद महताे लगायतले मन्तव्य राखेका थिए ।

५ कराेड १३ लाखमा इलाका प्रहरी कार्यालयकाे साढे ३ तल्ले भवन निर्माण भएकाे मन्त्री साहका सवकिय सचिव विजय यादवले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...