Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

भारत भ्रमणमा गएका पर्साका पत्रकारहरूलाई पन्जाबको मोगामा सम्मानसहित बिदाई

spot_img
spot_img

वीरगंज । भारत भ्रमणमा गएका नेपालका पत्रकारहरूले पन्जाबको मोगा सरहमा रहेका आधुनिक कृषि औजार बनाउने कलकारखाना र आधुनिक प्राविधिकद्वारा गरिएको कृषि खेतीको अवलोकन गरेका छन् । रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको नेतृत्वमा भारत भ्रमण रहेका वीरगंजका १४ जना क्रियाशील पत्रकारहरूको समूहले कृषि उपकरण निर्माण गर्ने माधो एग्रो इन्डस्ट्रिज र अख्तियार एग्रो किङ्गको अवलोकन गरेका हुन ।

पत्रकारहरूको समूहले आधुनिक कृषि उपकरण र आधुनिक प्रविधिबाट गरिएको खेतीको अवलोकन गर्दै यस्ता प्रविधिहरू नेपालमा पनि भित्र्याउनु पर्ने बताए । अवलोकन भ्रमण पश्चात् माधो एग्रो इन्डस्ट्रिजका संचालक अख्तियार सिंहले अवलोकन भ्रमणमा रहेका पत्रकारहरूको समूहलाई सम्मान बिदाइ गरेका थिए । उहाँले सम्मान स्वरुप मायाको चिनो प्रदान गर्दै पत्रकारहरूलाई बिदाइ गर्दै नेपाली पत्रकारको पन्जाब भ्रमणले नेपालको कृषि आधुनिक खेतीमा विकास हुने विश्वास व्यक्त गर्नु भयो । नेपाली पत्रकारहरूले पनि उहाँलाई नेपालको झन्डा अङ्कित मायाँको चिनो प्रदान गरी धन्यावाद दिएका थिए ।

साउन २५ गते भारतको पन्जाब, जम्मु काश्मीर, उत्तराखण्ड र दिल्लीको अवलोकन भ्रमणमा पत्रकार ध्रुव साह, बृजलाल पासवान, मनोज पटेल, नरेश सरार्फ, शम्भु कुमार सुमन, अजय चौरसिया, हरिशंकर शर्मा, अमित साह, सन्तोष साह, रन्जित चौरसिया, विनोद पटेल लगायत सहभागी छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...