Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

भारत भ्रमणमा गएका पर्साका पत्रकारहरूलाई पन्जाबको मोगामा सम्मानसहित बिदाई

spot_img
spot_img

वीरगंज । भारत भ्रमणमा गएका नेपालका पत्रकारहरूले पन्जाबको मोगा सरहमा रहेका आधुनिक कृषि औजार बनाउने कलकारखाना र आधुनिक प्राविधिकद्वारा गरिएको कृषि खेतीको अवलोकन गरेका छन् । रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको नेतृत्वमा भारत भ्रमण रहेका वीरगंजका १४ जना क्रियाशील पत्रकारहरूको समूहले कृषि उपकरण निर्माण गर्ने माधो एग्रो इन्डस्ट्रिज र अख्तियार एग्रो किङ्गको अवलोकन गरेका हुन ।

पत्रकारहरूको समूहले आधुनिक कृषि उपकरण र आधुनिक प्रविधिबाट गरिएको खेतीको अवलोकन गर्दै यस्ता प्रविधिहरू नेपालमा पनि भित्र्याउनु पर्ने बताए । अवलोकन भ्रमण पश्चात् माधो एग्रो इन्डस्ट्रिजका संचालक अख्तियार सिंहले अवलोकन भ्रमणमा रहेका पत्रकारहरूको समूहलाई सम्मान बिदाइ गरेका थिए । उहाँले सम्मान स्वरुप मायाको चिनो प्रदान गर्दै पत्रकारहरूलाई बिदाइ गर्दै नेपाली पत्रकारको पन्जाब भ्रमणले नेपालको कृषि आधुनिक खेतीमा विकास हुने विश्वास व्यक्त गर्नु भयो । नेपाली पत्रकारहरूले पनि उहाँलाई नेपालको झन्डा अङ्कित मायाँको चिनो प्रदान गरी धन्यावाद दिएका थिए ।

साउन २५ गते भारतको पन्जाब, जम्मु काश्मीर, उत्तराखण्ड र दिल्लीको अवलोकन भ्रमणमा पत्रकार ध्रुव साह, बृजलाल पासवान, मनोज पटेल, नरेश सरार्फ, शम्भु कुमार सुमन, अजय चौरसिया, हरिशंकर शर्मा, अमित साह, सन्तोष साह, रन्जित चौरसिया, विनोद पटेल लगायत सहभागी छन् ।

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार वीरगंजस्थित माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आगामी असार ३२...

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...