Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026

भारतीय स्वतन्त्रतामा नेपालको योगदानको चर्चा, नेपाली पत्रकार टोलीलाई भारतमा ठाउँठाउँमा स्वागत

spot_img
spot_img

बैशाली (भारत), २५ साउन । भारतले आफ्नो ७५ औं स्वतन्त्रता दिवस अर्थात १५ अगस्त नजिकिदैे गर्दा त्यहाँको बिहार प्रान्तको ऐतिहासिक शहर बैशालीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले भारतको स्वतन्त्रता आन्दोलनमा नेपाली जनता र नेताहरुको पनि योगदान रहेको चर्चा गरेका छन् ।

महात्मा गान्धीले ब्रिटिश शासनको बिरुद्धमा ‘भारत छोडो’ आन्दोलन अगस्त ९ तारेखका दिन सुरु गरेको दिवस पारी मिडिया फोर बोर्डर हार्मोनी बैशाली शाखाले आयोजन गरेको मैत्री संवाद कार्यक्रममा सहभागिहरुले यस्तो चर्चा गरेका हुन । आयोजकले नेपालबाट पुगेका ११ जना पत्रकारसहित १४ सदस्यीय टोलीलाई स्वागत तथा सम्मान गरेका थिए ।

‘हामी भारतबासी जनता अहिले जुन ७५ औं स्वतन्त्रता दिवस मनाई राखेका छौं त्यसलाई प्राप्त गर्न भएका भारतीय स्वधीनता आन्दोलनमा नेपालीहरुको पनि योगदान छ । त्यसको लागि हामीले यहाँहरुलाई सम्मानित गर्दछौंं,’ कार्यक्रमको अध्यक्षता गरेका आयोजक संस्थका अध्यक्ष प्रभातकुमारले भने, ‘किनकी छिमेकी मित्रराष्ट्र नेपालप्रति हाम्रो बिशेष सम्मान छ । त्यसतै विश्वलाई शान्तिको ज्ञान दिने भगवान बुद्धप्रति र नेपालका बिषेश्वरप्रसाद कोइरलालगायत तमाम प्रजातन्त्रवादी नेताहरुप्रति सम्मान प्रगट गदैछौं ।’

नेपालको प्रजातन्त्र प्राप्तिको आनदोलनमा भारतीयहरुको योगदान पनि त्यतिकै महत्वपुर्ण रहेको भन्दै वक्तहरुले यसलाई ऐतिहासिक, समाजिक, संस्कृति र भौगोलिक साझापनाको संज्ञा दिए । यसकै कारणले नेपाल र भारतको सम्बन्ध आफैमा बिशिष्ठ खालको भएको उनीहरुले बताएका थिए । बैशालीका वरिष्ठ पत्रकार अनिल कुमारले नेपाल र भारतको सम्बन्ध प्रचीन कालदेखि रहीआएको बताए । बैशाली नगर यस सम्ँबन्धको पुरानो साक्षी भएको उल्लेख गर्दै उनले भगवान बुद्ध र महाबिरको कालखण्डलाई पनि स्मण गरे ।

नेपालबाट गएको पत्रकारसहितको टोलीलाई सन १८१६ मा ऐतिहासिक सुगौली सन्धी भएको ठाउँ सुगौलीमा मिडिया फोर बोर्डर हार्मोनीको स्थानीय शाखाले स्वागत गरेर बैशालीतर्फ प्रस्थान गराएको थियो । त्यसपछि संस्थाको मुजफरपुरस्थित मुख्य कार्यालयले चियापान आयोजन गरर स्वागत गरेको थियो । अपहरान्नमा बैशालीमा उक्त कार्यक्रम आयोजित भएको थियो ।

कार्यक्रमा बोल्दै नेपालका पत्रकार बृजलाल पसवान, मनोज पटेल, नरेश सर्राफ,अमित साह, शम्भु कुमार सुमन, अजय चौरसिया, हरीशंकर शर्मा, संतोष साह, उदय दास लगायतले नेपाल भारत सम्बन्ध थप सुदृढ बनाउदै लैजानु पर्ने बताए । टोलीमा सहभागि पत्रकार विनोद पटेलले आफुहरु अगामी १० दिनसम्म भारतमा यात्रामा रह्ने बताए ।

spot_img
spot_img

ताजा अपडेट

थप समाचार

बिन्दवासिनीमाई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु, युवा नेता पटेलद्वारा उद्घाटन

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१९ मा शनिबारदेखि श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । श्री बिन्दवासिनी माई युवा क्लब, वीरगंज–१९...

जिराभवानी गाउँपालिकाले ल्यायो ४० करोड ८३ लाखको बजेट, शिक्षा-स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले १७औँ गाउँसभामार्फत आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष अनोज चौधरीले...

वीरगंजमा लापसे चेकजाँच : ५ चालक नियन्त्रणमा, कारबाहीका लागि प्रहरीको जिम्मा लगाइयो

वीरगंज । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ...