Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

‘रुद्र’ मा इशा

spot_img
spot_img

मुम्बई : बलिउड अभिनेत्री इशा देओल वेव सिरिज ‘रुद्र’ मा काम गर्ने भएकी छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा गुमनामजस्तै बनेकी इशा रुद्रमार्फत अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।

भरत तख्तानीसँग सन् २०१२ मा वैवाहिक बन्धनमा बाँधिएपछि अभिनेत्री इशा बलिउडबाट टाढिएकी थिइन् । लामो वर्षको अन्तरालपछि उनी ‘रुद्र’मार्फत अभिनयमा फर्किन लागेकी हुन् । इशा उक्त सिरिजमा अभिनेता अजय देवगणको जोडीका रुपमा प्रस्तुत हुने छिन् ।

इशाले आफू अभिनयमा फर्किन लागेको सामाजिक सञ्जालबाट आफ्ना प्रशंसकलाई जानकारी दिएकी छन् । ‘रुद्र मेरो डेब्यु वेव सिरिज हो । यो सिरिजमा कलाकार अजय देवगणसँग म काम गर्दैछु । अजय र मैले केही चलचित्रमा एकसाथ काम गरेका छौं’, उनले ट्विटरमा लेखेकी छन् । अजय र इशाले विभिन्न हिन्दी चलचित्रमा सँगै काम गरेका छन् । उनीहरूले युवा, एलओसी ः कारगिल, क्यासलगायतका चलचित्रमा काम गरेका छन् ।

चर्चित अभिनेता धमेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी इशाले बलिउडमा रहँदा राम्रो छवि बनाउन सकेकी थिइनन् ।
यसकारण पनि उनलाई पछिल्लो समय दर्शकले भुलिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सिरिजमा अजय र इशासँगै अन्य विभिन्न चर्चित कलाकारको पनि अभिनय रहने निर्माण पक्षले जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...