Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

‘रुद्र’ मा इशा

spot_img
spot_img

मुम्बई : बलिउड अभिनेत्री इशा देओल वेव सिरिज ‘रुद्र’ मा काम गर्ने भएकी छन् । पछिल्लो समय चलचित्र क्षेत्रमा गुमनामजस्तै बनेकी इशा रुद्रमार्फत अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।

भरत तख्तानीसँग सन् २०१२ मा वैवाहिक बन्धनमा बाँधिएपछि अभिनेत्री इशा बलिउडबाट टाढिएकी थिइन् । लामो वर्षको अन्तरालपछि उनी ‘रुद्र’मार्फत अभिनयमा फर्किन लागेकी हुन् । इशा उक्त सिरिजमा अभिनेता अजय देवगणको जोडीका रुपमा प्रस्तुत हुने छिन् ।

इशाले आफू अभिनयमा फर्किन लागेको सामाजिक सञ्जालबाट आफ्ना प्रशंसकलाई जानकारी दिएकी छन् । ‘रुद्र मेरो डेब्यु वेव सिरिज हो । यो सिरिजमा कलाकार अजय देवगणसँग म काम गर्दैछु । अजय र मैले केही चलचित्रमा एकसाथ काम गरेका छौं’, उनले ट्विटरमा लेखेकी छन् । अजय र इशाले विभिन्न हिन्दी चलचित्रमा सँगै काम गरेका छन् । उनीहरूले युवा, एलओसी ः कारगिल, क्यासलगायतका चलचित्रमा काम गरेका छन् ।

चर्चित अभिनेता धमेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी इशाले बलिउडमा रहँदा राम्रो छवि बनाउन सकेकी थिइनन् ।
यसकारण पनि उनलाई पछिल्लो समय दर्शकले भुलिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सिरिजमा अजय र इशासँगै अन्य विभिन्न चर्चित कलाकारको पनि अभिनय रहने निर्माण पक्षले जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...