Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

सशस्त्र प्रहरीद्धारा बाढिजन्य प्रकोपको उद्धार सम्बन्धी अभ्यास

वीरगंज । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले बाढिजन्य प्रकोपको उद्धार सम्बन्धी अभ्यास गरेका छन् । गणकै छेउको पोखरीमा सशस्त्र प्रहरीका तालिमप्राप्त उद्धारकर्मीले आफ्नो कौशल प्रदर्शन गरि बाढिजन्य प्रकोपको उद्धार सम्बन्धी अभ्यास गरेका हुन् ।
यो वर्र्ष उच्च वर्षा हुने मौसमविद्हरुको अनुमान रहेकोले पर्सामा बाढी, पहिरो कटान र डुबानको प्रकोपको जोखिममा उच्च रहेकोले बाढिजन्य प्रकोपको उद्धार सम्बन्धी अभ्यास गरिएको हो ।

- Advertisement -

गणभित्रै रहेको पोखरीमा सिमसिम पानी परिरहदाँ दुई जना मानिस पानीमा डुब्दै जाँदा उनीहरुले ‘‘बचाऊ बचाऊ’’ भनेर हारगुहार लगाएपछि तालिम प्राप्त प्रहरी स्रोत साधनसहित पोखरीमा पुगी उद्धार गर्दै शुक्रबार बाढिजन्य उद्धार अभ्यास गरेका थिए । भारी मनसुन वर्षाको कारण तिलावे नदीमा आएको बाढीले अलौं डुबानमा परी धेरै जमिन कटान गरि सो ठाउँको बस्ती नै जोखिममा परेको बेला घर बगाउन लागेको, बच्चा हराएको भन्दै रुवाबासी र हारगुहार गर्दा उद्धारकर्मी टोलीले रबर बोट र डोरीको सहायताले विपद् आउँदा जस्तैगरी उनीहरुको उद्धार गरे र स्वास्थ्य सहायता टोलीले स्ट्रेचरमा राखेर प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा लगेका थिए ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले भेडहा खोला र सिर्सिया नदीको पानीको कारण बर्षेनी वीरगंज लगायतका क्षेत्र डुबानमा पर्ने भएकोले भेडहा नदीमा बाँध बाध्न थप २५ करोड खर्च बजेट छुट्याईने बताए ।
‘‘भेडहा नदीमा बाँध बाँधेकै छौं, तर बाढि नियन्त्रण नहँुदा थप २५ करोड खर्चेर मजबुद बाँध बाँध्ने लक्ष्य रहेको छ, उनले भने,‘‘सिर्सिया नदीमा पानीको निकास नहुँदा डुबान पर्ने र कटान हुने भएकोले यस क्षेत्रको व्यवस्थापनमा महानगर लागेको छ ।’’ भौतिक पूर्वाधारको क्षतिलाई रोक्न नसकिए पनि मानववीय क्षति रोक्न सकियो भने धेरै नै ठुलो उपलब्धी हुने मेयर सरावगीको भनाई थियो । उनले सिर्सिया नदी अतिक्रमण भएको भन्दै नदीलाई पुरानै अवस्थामा पर्काउनु पर्ने बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बाढि प्रकोप जस्ता विपद्को जोखिममा नागरिकको जिवनको सुरक्षाका निम्ति खोज र उद्धार गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए । उनले विगतमा बाढि प्रकोपले जसरी जनधन र मानववीय क्षति भएको थियो, त्यसको त्यसको खोज र उद्धारको कार्यमा प्रहरीले भूमिका सराहनीय रहेको बताए ।,‘‘अब आउने विपतहरुबाट कसरी सजग, सचेत रहने र कस्को जिम्मेवारी कस्तो हुनुपर्ने बारे विपद्पूर्व अवगत हुनु जरुरी छ, उनले भने,‘‘ मनसुनपूर्व प्रतिकार्य योजना पारित गरिसकेका छौं, उद्धार र खोज समग्रीसहित पूर्व तयारी अवस्थामा गरेका छौं ।’’

सशस्त्र प्रहरी बल पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले विपद् जानकारी र बाजा बजाएर नआउने भएकोले पूर्वतयारी रहने बताए । उनले कुनै पनि अवस्थामा आइई पर्ने बाढि तथा डुबान कार्यमा सशस्त्र प्रहरीले सिमित स्रोत साधनमा पनि उद्धार कार्यमा सक्षम रहेको बताए । यो वर्ष मनसुन सुरु भईसकेको बताउँदै पर्सा जिल्लामा बाढिजन्य जोखिम उच्च रहेकोले यस अघि नै गणमा ३५ जना जनशक्तिलाई ७ दिने विपद अनुशिक्षण तालिम दिइसकेको समेत उपरीक्षक खड्काले बताए ।

 

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...